आइतबार, मंसिर २८, २०८२

कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति

कालीकोटमा बाढीपहिरोका कारण एक हजार पाँच सय घरमा क्षति पुगेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

कालीकोट- कालीकोटमा बाढीपहिरोका कारण एक हजार पाँच सय घरमा क्षति पुगेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएको छ। 

National life

सयौँ घरपरिवारलाई विस्थापित बनाएको छ। जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा बाढीपहिरोले १२ घर भत्किएर पूर्णरूपमा क्षति भएको र १२ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। 

दुई सय चार घरधुरी रहेको राँचुली गाउँमा माथिबाट आएको पहिरोले एक सय चार घरमा आंशिक क्षति पुगेको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए। असोज १९ गतेदेखि आएको वर्षाका कारण जोखिममा रहेका उक्त बस्तीका नागरिकलाई नजिकैको कालिका मावि विद्यालयमा सारिएको उहाँले बताउनुभयो। पहिरोले नगरपालिकामा दुई सय ५० घरमा क्षति पुगेको उनको भनाइ छ।

रास्कोट नगरपालिका–१ को न्यौपानेवाडा, वडा नं ३ को साकाटिया, वडा नं ९ को थोल्ममा पहिराले एक सय पाँच, खाँडाचक्र नगरपालिकाको विभिन्न ठाउँमा पहिरोले गर्दा दुई सय घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

सान्नी त्रिवेणी गाउँपालिका–७ मा दुई वटा घर भत्किएर पूर्ण क्षति भएको र दुई सय घरको खलो, आँगनदेखि जमिनसमेत बगाएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए। उनका अनुसार पहिराले दुई सय घरमा क्षति पुगेको छ। 

Laxmi sunrise bank
kumari

पचालझरना गाउँपालिकामा दुई सय, पलाँता गाउँपालिकामा तीन सय  ५०, शुभकालिका गाउँपालिकामा ५५, महावै गाउँपालिकामा ७० र नरहरिनाथ गाउँपालिकामा ५० घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो। “अहिले पनि बाढीपहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन गरिरहेका छौं,' उनले भने, 'अबको केही दिनमा सबै तथ्यांक आउँछ।'

जिल्लामा विभिन्‍न ठाउँको पहिरोेमा परेर पाँच जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएका छन्। सयौँ घरपरिवार विस्थापित भएका छन्। 

प्रकाशित: Oct 12, 2022| 21:00 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।