शनिबार, जेठ १६, २०८३

मोरङबाट ११ जनाद्वारा उम्मेदवारी फिर्ता

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिएका २२६ जना मध्ये ११ जनाले फिर्ता लिएका छन्।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

विराटनगर- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिएका २२६ जना मध्ये ११ जनाले फिर्ता लिएका छन्। 

National life

उम्मेदवारी फिर्ता लिएका मध्ये ३ जना प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका छन् भने ८ जना प्रदेशसभातर्फ उम्मेदवारी दिनेहरु रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए।

प्रतिनिधिसभा तर्फ क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी सुजाता थापा, क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका गोकुलप्रसाद पोखरेल र क्षेत्र नं. ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका राजु मण्डल राजवंशीले उम्मेदवारी फिर्ता लिएका हुन्। 

प्रदेशसभा तर्फ क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका डिल्लीराम शर्मा अधिकारी, क्षेत्र नं. ३ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका तिलकप्रसाद राई, कञ्चनकुमार बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन्। 

क्षेत्र नं. ४ को (ख) बाट नेकपा एकिकृत समाजवादीका महेश रेग्मी, क्षेत्र नं. ५ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका भूराज राई, क्षेत्र नं. ६ को (ख) बाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार वसिम आलम, स्वतन्त्र उम्मेदवार जीवनकुमार गुप्ता रसुरेशकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए।

Shivam cement

प्रकाशित: Oct 12, 2022| 18:45 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।