आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रुपन्देही-५ : बागी फिर्तापछि माओवादीका पहाडी बने प्रदेश सभा उम्मेदवार

रुपन्देही-५ : बागी फिर्तापछि माओवादीका पहाडी बने प्रदेश सभा उम्मेदवार

निर्वाचन अधिकृतको कार्यालयले पोखरेलको उम्मेदवारी फिर्ता भएसँगै गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विनोद पहाडी गठबन्धनका साझा उम्मेदवार भएका हुन्।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

kumari

बुटवल-  रुपन्देही क्षेत्र नं. ५ प्रदेश सभा (क) मा कांग्रेसबाट बागी उम्मेदवार रहेका विष्णु पोखरेलले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले पोखरेलको उम्मेदवारी फिर्ता भएसँगै गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विनोद पहाडी गठबन्धनका साझा उम्मेदवार भएका हुन्।  

बुधवार दिउँसो १ बजेसम्म निर्वाचन कार्यालयले मनोनयन फिर्ता लिने समय तोकेको थियो। समयसीमाभित्र नै नेपाली कांग्रेसका पोखरेलले उम्मेदवारी फिर्ता लिएका हुन्। उनले नेकपा माओवादी केन्द्रका विनोद पहाडीलाई सघाउने भएका हुन्। सत्ता गठन्धनबीचको भागबण्डा अनुसार प्रदेश सभा ‘ख’ कांग्रेसलाई तथा प्रदेश सभा ‘क’ माओवादीको भागमा परेको थियो।

यस क्षेत्रमा केन्द्रको नियम विपरित सत्ता गठबन्धन नेपाली कांग्रेसका विष्णु पोखरेल उम्मेदवारी मनोनयन दर्ता दलहरु बीच सम्वन्धमा दरार आएको थियो।

प्रकाशित: Oct 12, 2022| 18:19 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।