बुधबार, वैशाख २६, २०८१

यी कलाकार, जो ठूला पार्टीका 'हेभिवेट' उम्मेदवारसँग चुनावी मैदानमा भिड्दै छन्

ठूला राजनीतिक दलका शीर्ष नेताहरूलाई ‘मनाएर’ आगामी चुनावमा टिकट फुत्काएका कलाकर्मीहरू कोही दलबाटै त कोही स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन्। तर चुनावमा उठेका राजनीतिक दलका बलिया उम्मेदवारका कारण कलाकारका लागि जित निकाल्न भने हम्मे हुने देखिन्छ।
 |  बुधबार, असोज २६, २०७९

राज सरगम

राज सरगम

बुधबार, असोज २६, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र स्वतन्त्रबाट एक दर्जन बढी कलाकार मुख्य राजनीतिक पार्टीका बलिया उम्मेदवारसँग भिड्दै छन्। 

triton college

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापा मोरङ क्षेत्र–३ की प्रत्यक्ष उम्मेदवार हुन्। वामपन्थीको किल्ला मानिने मोरङ–३ बाट उनका प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकाल र कांग्रेसका डा. सुनील शर्मा हुन्। मुख्य पार्टीका उम्मेदवार ढकाल र शर्मा रेखालाई भारी नपर्लान् भन्न सकिन्न। 

एमालेबाट निवर्तमान सांसद तथा पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल र सत्तारुढ गठबन्धनबाट कांग्रेसका शर्माले उम्मेदवारी दर्ता गराएका छन्। २०७४ को चुनावमा ढकाल ४२ हजार ४१३ मत ल्याएर निर्वाचित भएका थिए भने शर्माले ४० हजार ५०६ मत प्राप्त गरेका थिए। टुरिस्ट उम्मेदवारको संज्ञा पाएका ढकालले आफ्नो घर बनाए तर स्थानीयको पीडामा खासै चासो दिएनन्।

कोरोना महामारीको समय काम थोरै र आलोचना धेरै खेपेका ढकाल र नोबेल शिक्षण अस्पतालका सञ्चालक शर्माका अगाडि रेखालाई चुनौती देखिन्छ। पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिमा सक्रिय थापाले आफ्नो उम्मेदवारीलाई युवा विद्रोहका रूपमा लिन आग्रह गरेकी छन्।

गायिका कोमल वलीले एमालेबाट दाङ क्षेत्र–३ मा प्रत्यक्षतर्फको टिकट पाएकी छन्। २०७४ मा समानुपातिकबाट राष्ट्रिय सभामा पुगेकी वली यस पटक प्रत्यक्षमा भिड्दै छन्। दाङ क्षेत्र–३ मा सत्ता गठबन्धनबाट कांग्रेसले दीपक गिरी र राप्रपाले ओजबहादर खड्कालाई उठाएको छ। 

corrent noodles
Metro Mart

उम्मेदवारी दर्तापछि रेखा थापा।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत रहेका गिरी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसीसँग पराजित भएका थिए। उनी २०७० मा भने सोही क्षेत्र (तत्कालीन क्षेत्र नम्बर ५) बाट निर्वाचित भई सिंचाइमन्त्रीसमेत भएका थिए। एमाले केन्द्रीय सदस्यसमेत रहेकी वलीलाई अध्यक्ष केपी ओलीले प्रत्यक्षतर्फ टिकट दिएका हुन्। 

मेरी बास्सैबाट हास्य कलाकारका रूपमा चिनिएका मधुसूदन पाठक ‘सीते बा’ले स्वतन्त्र उम्मेदवार दिएका छन्। उनले काठमाडौं क्षेत्र–  ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। पाठकले सत्तारुढ गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल र राप्रपाका रामप्रसाद उप्रेतीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। 

विवेकशील–साझाकी पूर्वनेतृ रञ्जु दर्शनाले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी छन्। एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल २०७४ को चुनावमा यो क्षेत्रबाट निर्वाचित भएका थिए। कांग्रेसका युवा नेता प्रदीप पौडेलले तनहुँ–२ मा चुनाव लड्न चाहे पनि काठमाडौं–५ बाट पार्टीले टिकट दिएको छ। 

चलचित्र निर्देशक मनोज पण्डितले काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले एमाले नेता गोकुलप्रसाद बाँस्कोटा र कांग्रेसका शिवप्रसाद हुमागाईंसँग प्रतिस्पर्धा गर्नेछन्। लामो समयदेखि काभ्रेमा चुनावी प्रचार गरिरहेका पण्डितले बाँस्कोटाको पराजय नै आफ्नो उद्देश्य भएको बताउँदै आएका छन्। 

बाँस्कोटा पार्टी अध्यक्ष ओलीका विश्वासपात्रका रूपमा चिनिन्छन् । २०७४ को निर्वाचन फर्किहेर्दा बाँस्कोटा ठूलो मतान्तरसहित निर्वाचित भएका थिए। त्यतिबेला वाम गठबन्धनबाट उम्मेदवार बनेका बाँस्कोटाले ५४ हजार ४ सय २७ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए। यसरी हेर्दा बाँस्कोटा र आचार्यबीचको मतान्तर १७ हजार ४ सय ४८ देखिन्छ।

ठूला राजनीतिक दलका शीर्ष नेताहरूलाई ‘मनाएर’ आगामी चुनावमा टिकट फुत्काएका कलाकर्मीहरू कोही दलबाटै त कोही स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन्। तर चुनावमा उठेका राजनीतिक दलका बलिया उम्मेदवारका कलाकारका लागि जित निकाल्न भने हम्मे हुने देखिन्छ।  

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनको डिल गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री पदबाट बाँस्कोटाले राजीनामा दिनुपरेको थियो। पण्डितले केही समयअघि एमाले नेता बाँस्कोटालाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै ‘भ्रष्टाचारी’ ले खुलमखुल्ला चुनाव लड्ने हाँक दिएकाले आफू मौन रहन नसक्ने बताएका थिए।

पण्डितले कांग्रेसका शिवप्रसाद हुमागाईंसँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ। यसपालि माओवादीसहितका चार दलसँग कांग्रेसले चुनावी तालमेल गरेर काभ्रेपलाञ्चोक–२ मा हुमागाईंलाई उम्मेदवार बनाएको छ।

दाङ-३ मा उम्मेदवारी दर्ता गराउँदै कोमल वली।
काठमाडौं क्षेत्र–६ बाट गायक सञ्जय श्रेष्ठले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यही क्षेत्रबाट कांग्रेसले भीमसेनदास प्रधान र एमालेले सर्वेन्द्र खनाललाई उठाएको छ। गायक श्रेष्ठले केही महिना अगाडि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका हुन्। पार्टीले प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएपछि उनले राप्रपा छाडेका थिए।

सञ्जयले चार महिनाअघि नै काठमाडौं निर्वाचन क्षेत्र–६ बाट उम्मेदवार बन्ने घोषणा गरेका थिए। राप्रपाले सो क्षेत्रबाट विष्णुप्रसाद आचार्यलाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र उम्मेदवार दिएका थिए।

सञ्जय सत्तारुढ गठबन्धनबाट कांग्रेसका प्रधान र एमालेका खनालसँग भिड्नेछन्। प्रधान २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन र संविधानसभा निर्वाचन २०७० मा काठमाडौं–६ बाट निर्वाचित भएका थिए। पूर्वप्रहरी महानिरीक्षक खनाल भने केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन्। 

कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र–१ बाट उम्मेदवारी दिएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका हुन्। केही साता अगाडि मात्रै रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हिमेशले यो क्षेत्रमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र एमालेका भूमि त्रिपाठीसँग प्रतिस्पर्धा गर्दै छन्।

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पाण्डे र त्रिपाठी चुनावी अभियानमा सँगै थिए। उनीहरू मतदाताबीच सँगसँगै हात जोड्दै भोट मागिरहेका थिए । तर पाण्डे एमाले छाडेर एकीकृत समाजवादीतिर लागेका छन्। हाल उनी बागमती प्रदेशको मुख्यमन्त्रीसमेत हुन्। त्रिपाठी एमालेमै रहे।

कमेडियन हिमेश पन्त।
२०७४ को चुनावमा एमालेका पोलिटब्युरो सदस्य तथा वाम गठबन्धनबाट धादिङ क्षेत्र–१ को प्रदेश ‘क’ बाट उम्मेदवारी दिएका तत्कालीन एमाले नेता पाण्डे भारी मतान्तरले विजयी भएका थिए। 

धादिङ क्षेत्र–१ बाट एमाले उम्मेदवार भूमि त्रिपाठी पनि २०७४ को निर्वाचनमा कांग्रेसका विश्वप्रसाद अर्याललाई हराउँदै भारी मतले विजयी भएका थिए। पन्त सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका पाण्डे र एमालेका त्रिपाठीलाई चुनौती दिँदै प्रतिस्पर्धी बन्न पुगेका हुन्। 

गायिका तथा संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकीले पश्चिम नवलपरासी–१ बाट उम्मेदवारी दिएकी छन्। उनी अर्बपति विनोद चौधरीसँग भिड्दै छन्। अघिल्लो पटक एमालेको चिह्नबाट लडेका त्रिपाठीले सूर्य चिह्नबाट नलड्ने भएपछि अन्तिममा एमालले सिन्धुलाई उम्मेदवारको रूपमा खडा गरेको हो। 

१४औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य भएका चौधरी प्रतिनिधिसभा सदस्यमा पहिलो पटक चुनाव लड्न लागेका हुन्। यसअघि उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य थिए।

निर्माता तथा कलाकार रोज राणाले प्युठान ‘ख’बाट प्रदेशसभातर्फ उम्मेदवारी दिएका छन्। उनले प्रदेशसभा सदस्यका लागि कांगे्रसबाट टिकट पाएका हुन्। कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेका राणा पार्टी सभापति शेरबहादुर देउवा निकटस्थ मानिन्छन्।

प्रकाशित: Oct 12, 2022| 16:50 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...