शनिबार, साउन २, २०८३

चितवनमा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- पूर्वी चितवनको भुरझुरेमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन्। 

चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना३ख ८५३९ नं को ट्यांकरले सोही दिशातर्फ जाँदै गरेको ग ५ प ६२६० नं को मोटरसाइकललाई बिहीबार राति राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिएको थियो। 

प्रहरीका अनुसार ट्याङ्करको ठक्करबाट घाइते भएका दुवैको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने ट्यांकर चालकलाई नियन्त्रणमा लिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।