आइतबार, मंसिर ७, २०८२

च्याम्पियन्स लिगका उपाधि दाबेदार तीन क्लब बराबरीमा रोकिए

बराबरीमा रोकिनेमा म्यानचेस्टर सिटी, रियल मड्रिड र पेरिस सेन्ट जर्मेन पिएसजी रहेका छन्।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- प्रिमियर लिग, ला लिगा र फ्रेन्च लिग वानका प्रमुख दावेदार हुने क्रमशः म्यानचेस्टर सिटी, रियल मड्रिड र पेरिस सेन्ट जर्मेन पिएसजी यी तिनै क्लब मंगलबार राति भएको युरोपेली च्याम्पियन्स लिगको खेलमा बराबरीमा रोकिएका छन्।

National life

साविक विजेता रियल मड्रिड गएराति युक्रेनी फुटबल क्लब शख्तर डोनेस्क्सँग १–१ को बराबरीमा रोकिएको छ। एक गोलले पछि परेको अवस्थाबाट रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिजरले स्टपेज समयमा गोल गर्दै रियललाई बराबरीसम्म पुर्याएका हुन्।

खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको पहिलो मिनेटमै युक्रेनी क्लबका तर्फबाट ओलेक्सान्डर जुब्क्योबले गोल गरेका थिए। त्यसलाई रियलले खेल सकिने समयमा मात्र बराबरी गर्न सकेको हो।

अर्को उपाधि दावेदार पिएसजीले घरेलु रंगशाला पार्क डे प्रिन्सेसमै भएको खेलमा अग्रता जोगाउन नसक्दा पोर्चुगिज क्लब बेन्फिकासँग बराबरी गर्‍यो। पेनाल्टीमा पाएको अवसरमा केलियन एम्बाप्पेले ३९औं मिनेटमै पिएसजीलाई अग्रता दिलाएका थिए।

पेनाल्टीकै अवसर पाएपछि बेन्फिकाले ६२औं मिनेटमा गोल फर्काएको थियो। ६२ प्रतिसत समय बलमा नियन्त्रण बनाएर पनि पोस्टको दिशामा तीनभन्दा धेरै प्रहार गर्न नसकेको पीएसजीले थप गोल गर्न सकेन्।

Laxmi sunrise bank
kumari

यता कोपनहेगनको मैदानमा घरेलु टिमविरुद्ध गोल गर्न नसक्दा म्यानचेस्टर सिटी गोलरहित बराबरीमा रोकिएको छ। यससँगै च्याम्पियन्स लिगमा सिटी आठ वर्षयताकै पहिलो हाफमा पेनाल्टी मिस गर्ने र खेलाडी गुमाउने पहिलो क्लब बनेको छ।

यसअघि २०१४ मा बायर्न र आर्सनलबीचको खेलमा पनि यस्तै भएको थियो। आजको खेलमा पनि २५औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा पाएको अवसरमा गोल गर्न सकेनन्।

त्यस्तै, डिफेन्डर सर्जियो गोमेजले खेलको ३०औं मिनेटमा सिधै रातो कार्ड पाए। लास्ट मेनलाई पेनाल्टी बक्सबाहिर फउल गरेपछि उनलाई रेफ्रीले खेलबाट हटाएका थिए। यससँगै १० खेलाडीमा समेटिएको सिटीले ५९ प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि गोल गर्न सकेनन्।

यो बराबरीसँगै १० अंक बनाएको सिटी समूह जीको शीर्षस्थानमा छ। गएराति सेभियासँग १–१ को बराबरी खेलेपछि जर्मन क्लब बोरुसिया डर्टमन्ड भने समूहको दोस्रो स्थानमा छ। सेभिया तेस्रो र कोपनहेगन चौथो स्थानमा छ।

त्यस्तै, १० अंक नै बनाएको रियल मड्रिड शीर्षस्थानमा रहेको समूह एफमा भने डोनेस्क तेस्रो स्थानमा छ। यता समूह एचमा भने पिएसजी र बेन्फिकाको समान – अंक छ। धेरै गोल गरेका आधारमा पिएसजी शीर्षस्थानमा रहेको छ।

गएरातिकै खेलमा मकाबी हैइफासँग हार बेहोरेपछि भने इटालियन क्लब युभेन्टस तीन अंक मात्र जोडेर समूह एचको तेस्रो स्थानमा छ। पुछारको मकाबीको पनि समान ३ अंक नै छ। च्याम्पयन्स लिगमा मकाबीले २००२ यता पहिलो जित निकालेको हो।

प्रकाशित: Oct 12, 2022| 08:41 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।