शनिबार, साउन २, २०८३

दिगम्बर झाको पुनः नियुक्ति किन लुकाउन खोजियो ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा पुनः नियुक्त गरेको छ । बिहीबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले उनको नियुक्तिका विषयमा निर्णय लिएको हो । 

तर, मन्त्रिपरिषद्को बैठकबारे जानकारी गराउदा यो निर्णयका विषयमा केहि पनि बोलिएन् । सरकार प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा देशबाहिर रहेकाले  युवा तथा खलकुद मन्त्री जगत विश्वकर्माले पत्रकारहरुलाई मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका थिए । 

उनले  संयुक्त राष्ट्रसंघ शान्ति स्थापनार्थ साझा घोषणा पत्रमा समर्थन गर्नेदेखि जर्मन सरकारको ४ अर्ब ९ करोड रुपैया अनुदान सहायता स्वीकार गर्ने निर्णण भएकोसम्म जानकारी गराए पनि झाको नियुक्ति बारे केहि बोलेनन् । तर, नाम नखुलाउने सर्तमा एकमन्त्रीले झालाई पुनः दूरसञ्चार प्राधिकरणमा नियुक्त गर्ने निर्णय भएको नेपाल समयलाई जानकारी दिए । 

देउवा सरकारले नियुक्त गरेका सबैलाई एकमुष्ट हटाउने क्रममा बर्खास्तीमा परेका झालाई सरकारले पुनः नियुक्त गरेको हो । उनी ४ वर्षका लागि नियुक्त भएका हुन् । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजक रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार झा प्राधिकरणमा दोहोरिएका हुन् ।

समितिले झासँगै पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषोत्तम खनाललाई अध्यक्षका लागि सिफारिस गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।