मंगलबार, फागुन १९, २०८२

पुरुष ह्याण्डबलः दोस्रो खेलमा बागमतीको पहिलो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले पहिलो जित दर्ता गरेको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

kumari

काठमाडौं- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले पहिलो जित दर्ता गरेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न खेलमा  बागमतीले आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको हो।

बागमतीले खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो। बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे।

पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मीसँग ८–४३ ले हार व्यहोरेको बागमतीले यो जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ। लगातार दोस्रो खेल हारेको मधेश भने अंकविहीन छ। मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो।


प्रकाशित: Oct 11, 2022| 20:40 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।