शुक्रबार, मंसिर १२, २०८२

चुनावअघिको गठबन्धन लुटतन्त्र: गजुरेल

नेकपा क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेलले सरकारमा रहेका दलहरुले चुनावअघि नै गठबन्धन गरेर जानु लोकतन्त्र नभई लुटतन्त्र भएको नेता बताएका छन्।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

बुटवल– नेकपा क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेलले सरकारमा रहेका दलहरुले चुनावअघि नै गठबन्धन गरेर जानु लोकतन्त्र नभई लुटतन्त्र भएको नेता बताएका छन्। 

National life

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले यस्तो बताएका हुन्। चुनावपछि कुनै दलको बहुमत नआए ठूलो दलले बहुमत पुर्याउन गठबन्धन गर्नु स्वाभाविक भए पनि चुनावअघिको गठबन्धन गलत भएको उनले बताए।

संविधान नै त्रुटिपूर्ण रहेकाले चुनावमा भाग लिएर जनताको पक्षमा काम गर्न नसकिने उनले बताए। नेता गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नायकबाट खलनायकमा रुपान्तरण भएको आरोप समेत लगाए।

माओवादीको मुख्य एजेण्डा जनगणतन्त्र स्थापना गर्नु भएको र त्यसैका लागि संविधानसभा चुनावबाट संविधान बनाउन शान्तिपूर्ण राजनीतिमा आए पनि प्रचण्डले आफ्ना एजेण्डाहरु छाड्दै गएको उनले बताए। युद्धकालमा भारतविरुद्ध सुरुङ युद्ध गर्ने भनेका प्रचण्ड सरकारमा गएपछि राष्ट्रियताका एजेण्डा छाड्दै गएको गजुरेलको भनाइ छ।


प्रकाशित: Oct 11, 2022| 17:35 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।