बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कञ्चनपुर-३ मा कांग्रेस नेताकै बागी उम्मेदवारीले रमेश लेखकलाई सकस

कञ्चनपुर-३ मा कांग्रेस नेताकै बागी उम्मेदवारीले रमेश लेखकलाई सकस

कञ्चनपुर क्षेत्र–३ बाट आउँदो निर्वाचनमा उम्मेदवारी दिएका नेता रमेश लेखकका अति निकट मानिनेहरू नै बागी उम्मेदवार भएर चुनावी मैदानमा होमिँदै छन्। यही क्षेत्रबाट एमालेले पूर्वमेयर सुरेन्द्र विष्टलाई टिकट दिएको छ। राप्रपासँगको गठबन्धन र कांग्रेसभित्रको बागी उम्मेदवारीले लेखक–विष्टबीचको चुनावी भिडन्त रोचक हुने संकेत।
 |  बुधबार, असोज २६, २०७९

राज सरगम

राज सरगम

बुधबार, असोज २६, २०७९

काठमाडौं– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र पूर्वमन्त्री रमेश लेखकको क्षेत्र हो, कञ्चपुर–३। ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका लेखकसँग नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेतृ निरु देवी पाल भिड्ने भएकी छन्।

triton college

बलियो दावेबारको रूपमा देखिएका लेखकलाई निरु देवी पालको चुनौती काम आँक्न मिल्दैन किनकि लेखकका अति निकट मानिने नेताहरू नै बागी उम्मेदवार भएर चुनावी मैदानमा होमिँदै छन्। यस्तो अवस्थामा लेखकलाई पाल भारी पर्न सक्छन्।

२०४७ देखि कांग्रेसमार्फत राजनीतिमा सक्रिय कञ्चनपुर दैजीका लेखक सभासद् पनि हुन्। २०५६ को निर्वाचनमा कञ्चनपुर क्षेत्र–३ बाट विजयी लेखक पुनर्स्थापित व्यवस्थापिका–संसद्‍मा समेत सक्रिय थिए। 

कांग्रेसको पकड क्षेत्र मानिने कञ्चनपुर–३ मा २०७४ को चुनावमा लेखक वाम गठबन्धनका उम्मेदवार डा. दीपक प्रकाशसँग झिनो मतान्तरले पराजित भएका थिए। 

विगतदेखि नै आफ्नो बाहुल्य रहेको स्थान भएकाले गठबन्धन गर्दा पनि यो क्षेत्र कांग्रेसले अन्य दललाई दिएको छैन। लामो समयदेखि कञ्चनपुर–३ मा चुनाव लड्दै आएका लेखक फेरि यसै क्षेत्रबाट चुनाव लडेर हारको बदला लिँदै संसद् छिर्ने दाउमा छन्।

corrent noodles
Metro Mart

यद्यपि सक्षम आकांक्षी हुँदाहुँदै सिटको सीमितताले सबैलाई समेट्न नसकेको भन्दै कञ्चनपुर–३ मा लेखकविरुद्ध बागी उम्मेदवारी दिने बढी देखिन्छन्। लेखकविरुद्ध कांग्रेसकै महाधिवेशन प्रतिनिधि दीपक सिंह र शारदा चन्दले बागी उम्मेदवारी दिएका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार तथा कञ्चनपुर उद्योग वाणिज्य संघ अध्यक्ष पिताम्बर जोशीले प्रदेशसभा (क)बाट मनोनयन दर्ता गराएका छन्। 

सत्तारुढ गठबन्धनले प्रदेशतर्फ कञ्चनपुर ३ (क) मा नेकपा माओवादीका टेकेन्द्र भट्ट र (ख) मा कांग्रेसका बेलबहादुर रानालाई उम्मेदवार बनाएको छ। तर टिकटमा विभेद गरेको भन्दै सत्तारूढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ। एकीकृत समाजवादीका नेता लोकविक्रम थापाले प्रदेशसभा क्षेत्र ३ (क) बाट उम्मेदवारी दिएका छन्। सत्तारुढ गठबन्धनमा भाग नपाएपछि आन्तरिक मामिलामन्त्री प्रकाश रावलले पनि प्रदेशसभा (क)बाट प्रतिस्पर्धा गर्दै छन्। 

कञ्चनपुर क्षेत्र–३ बाट आउँदो निर्वाचनमा उम्मेदवारी दिएका नेता रमेश लेखकका अति निकट मानिनेहरू नै बागी उम्मेदवार भएर चुनावी मैदानमा होमिँदै छन्। राप्रपासँगको गठबन्धन र कांग्रेसभित्रको बागी उम्मेदवारीले लेखक–पालबीचको चुनावी भिडन्त रोचक हुने संकेत।

२०७४ सालको निर्वाचनमा पाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनाएको थियो। यस पटक भने उनी लेखकसँग प्रत्यक्ष चुनाव लड्ने भएकी छन्।

२०७४ सालमा माओवादीसँग देशभर चुनावी तालमेल गरेर गएको नेकपा एमाले यस पटक केही क्षेत्रमा मात्रै  तालमेल गर्दै छ। नेकपा एमालेले प्रदेश ३ (क) बाट उम्मेदवारी दिएका सुरेन्द्र विष्टले कञ्चनपुर ३ मा राप्रपासँग तालमेल गरेको बताए। एमाले-राप्रपा गठबन्धनले कार्यकर्तामासमेत उत्साह छाएको छ।

नगरप्रमुख भएर काम गर्दा जनताको मन जितेकाले चुनावमा साथ पाउनेमा विष्ट ढुक्क छन्। उनी भन्छन्, ‘जनताको काम गरेर यहाँसम्म पुगेको हुँ। अब यस पटक पनि उहाँहरूले मलाई जिताउनु हुनेछ।’

विष्ट आफ्नो पाँच वर्षे कार्यकालमा स्वास्थ्य क्षेत्रमा ठूलै काम गरेको दाबी गर्छन्। जनताको चाहनाअन्सार सन्तुलित विकास गर्न सकेको हुँदा आफूलाई पार्टीले विश्वास गरेर टिकट दिएको उनको दाबी छ।

विष्ट भन्छन्, ‘कांग्रेसका बागी उम्मेदवारले आफ्नो प्रतिस्पर्धीलाई कमजोर बनाउने र  राप्रपासँगको तालमेल एमालेको सहज जित निकाल्ने अवस्थामा पुगेका छौं। हाम्रो माहोल बनेको छ।’

नेकपा एमालेले प्रदेश ३ (क) बाट एमाले जिल्ला अध्यक्षसमेत रहेका उम्मेदवार विष्ट र प्रदेश ३ (ख) मा राप्रपाका उम्मेदवार धर्मराज जोशीलाई अगाडि सारेको छ।

दोधारा चाँदनी, भीमदत्त नगरपालिका र बेतकोट नगरपालिकाको ८ नम्बर वडा क्षेत्र–३ मा पर्छ।  गत वैशाखको स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका प्रमुखमा कांग्रेस र दोधारा चाँदनी नगरपालिकामा एमालेले मेयर जितेको थियो।

प्रकाशित: Oct 12, 2022| 07:46 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।