आइतबार, मंसिर ७, २०८२

राष्ट्रिय खेलकुद: ह्यान्डबलको उद्घाटन खेलमा आर्मीको जित

ह्यान्डबलको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबको पुरुष तथा महिला टिमलाई सफल हात लागेको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं– ह्यान्डबलको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबको पुरुष तथा महिला टिमलाई सफल हात लागेको छ। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ह्याण्डबल प्रतियोगिताको पहिलो दिन आर्मीको पुरुष टिमले बामती प्रदेशलाई ४३–८ को ठूलो अन्तरले पराजित गरेको हो।

National life

आर्मीको पुरुषतर्फको जितमा आकास अधिकारीको ८ गोल रह्यो। यस्तै  महिलातर्फ पनि जित निकाल्न सफल रह्यो। शान्तिकला राईको १४ गोलको सहयोगले सेनाले मधेस प्रदेशलाई ४६–२ ले पराजित गरेको हो।

पोखरा बहुउद्धेश्यीय कभर्डहलमा भएको प्रतियोगिताको अन्य खेलमा पुरुषतर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलले पनि जित निकाले। गण्डकीले चन्द्र के।सी।को १० गोल मद्दतले मधेस प्रदेशलाई ६६–१३ र सशस्त्र प्रहरीले सन्दिप कार्कीको ९ गोल मद्दतले लुम्बिनी प्रदेशलाई ३६–१३ गोलले पराजित गरेको हो। लुम्बिनीका सरण थापाले ९ गोल गरे पनि आफ्नो टिमलाई जितको स्वाद दिलाउन सकेनन्।

महिला तर्फ प्रदेश नं १ ले कर्णाली प्रदेशलाई २६–२ गोलले पराजित गरेको छ। प्रदेश १ की उसल राईले ९ गोल गरिन्। ह्यान्डबलतर्फ दोस्रो दिनको खेल आज हुँदैछन्। 

प्रकाशित: Oct 11, 2022| 13:04 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।