आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौँ राष्ट्रिय खेलकुदः फेन्सिङमा बागमतीलाई स्वर्ण, महिला क्रिकेटमा पुलिस विजयी

नवौँ राष्ट्रिय खेलकुदः फेन्सिङमा बागमतीलाई स्वर्ण, महिला क्रिकेटमा पुलिस विजयी

बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङ खेलमा पहिलो स्वर्ण पदक हात पारेको छ। पोखरा रङ्गशालामा सोमबारदेखि सुरु भएको फेन्सिङ खेलको सेबर विधानमा बागमती प्रदेशका शिक्षा नापितले स्वर्ण पदक जित्न सफल भइन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

बागमती- बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङ खेलमा पहिलो स्वर्ण पदक हात पारेको छ। पोखरा रङ्गशालामा सोमबारदेखि सुरु भएको फेन्सिङ खेलको सेबर विधानमा बागमती प्रदेशका शिक्षा नापितले स्वर्ण पदक जित्न सफल भइन्। 

National life

सशस्त्र प्रहरी बलका उर्मिला लामालाई पराजित गर्दै नापितले बागमतीलाई पोखरामा पहिलो पदक दिलाउन सफल भइन्। यसैगरी नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा क्रमश: द्वितीय र तृतीय हुँदै रजत र कास्य पदक जित्न सफल भइन्।

प्रतियोगितामा फेन्सिङतर्फ ‘इपी’, ‘फोयल’ र ‘सेबर’ विधामा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धा हुने कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले बताए। प्रतियोगितामा दुई विभागीयसहित छ टोलीको सहभागिता छ। प्रतियोगितामा नेपाली आर्मी, सशस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको सहभागिता छ। 

महिला क्रिकेटमा पुलिस क्लब विजयी

यसैगरी पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी महिला क्रिकेटको आजको खेलमा विभागीय नेपाल प्रहरीको पुलिस क्लब विजयी भएको छ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा पुलिसले ६३ रनको फराकिलो अन्तरमा कर्णाली प्रदेशमाथि जीत निकाल्दै विजयी सुरुआत गरेको हो।

Laxmi sunrise bank
kumari

पुलिस क्लबले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा बर्सातले खेल रोकिन पुगेको थियो। दस ओभर दुई बलको खेल जारी रहँदा पानी परेपछि ‘डिएलए मेथड’ अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो।

खेल रोकिनुअघि कर्णाली प्रदेशले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो। कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक सात रन बनाइन्। पुलिस क्लबका सबनम राई, सङ्गीता राई, कविता जोशी, ईश्वरी विष्ट र हिरनमाया रोयले समान एक-एक  विकेट लिनुभयो।

टस जितेर ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित १६ ओभरमा छ विकेटको क्षतिमा एक सय १० रनको योगफल तयार पारेको थियो। मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा चार ओभर घटाइएको थियो।

पुलिसका लागि सम्झना खड्काले २१ बलमा दुई चौकाको मद्दतमा २५ रन बनाइन्।  यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरिन्। कर्णाली प्रदेशका लागि अञ्जु गुरुङले तीन तथा बीना थापा र एञ्जिला क्षत्रीले समान एक-एक विकेट लिइन्। 


प्रकाशित: Oct 10, 2022| 22:50 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।