विराटनगर- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलाई डेंगु संक्रमण भएको छ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि मोरङ ४ (क) बाट उम्मेदवारी दर्ता गर्न उनी आइतबार विराटनगर आएका थिए।
नेता घिमिरेको नोवेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे कांग्रेस नेता शेखर कोइराला लगायतले जानकारी लिएका छन्। नेता घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।