मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • फेडका पूर्वअध्यक्ष बेन बर्नान्कसहित ३ अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार

फेडका पूर्वअध्यक्ष बेन बर्नान्कसहित ३ अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार

फेडरल रिजर्भ सिस्टमक पूर्व अध्यक्ष बेन वर्नान्कले अर्थशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिने भएको छ। उनीसहित अन्य दुई अमेरिकी अर्थशास्त्रीहरु डग्लस डब्लु डाइमन्ड र फिलिप्स एच डिब्भिगले नोबेल पुरस्कार प्रदान गरिने भएको हो।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- फेडरल रिजर्भ सिस्टमक पूर्व अध्यक्ष बेन वर्नान्कले अर्थशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिने भएको छ। उनीसहित अन्य दुई अमेरिकी अर्थशास्त्रीहरु डग्लस डब्लु डाइमन्ड र फिलिप्स एच डिब्भिगले नोबेल पुरस्कार प्रदान गरिने भएको हो।  

सन १९५३ मा जन्मिएका बर्नान्क फेडका १४ औं अध्यक्ष हुन्। उनी सन २००६ देखि २०१४ सम्म फेडका अध्यक्ष बनेका थिए। सन २००८ को वित्तीय संकट रोक्न उनले महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए। बर्नान्कले अर्थशास्त्र र वित्तिय संकट समाधानका लागि नयाँ उपायहरूको निरीक्षण गरेका थिए। उनले फेडरल फण्ड रेट ५.२५ प्रतिशतबाट घटाएर शून्य प्रतिशतमा झारेको जनाइएको छ। 

उक्त नीतिले पनि तरलता संकट कम गर्न अपर्याप्त  भएपछि फेडले बैंकिङ प्रणालीमा तरलता इन्जेक्ट गरेको थियो। सन् २००८ देखि  २०१० सम्म १.३ ट्रिलियन अमेरिकी डलर बैंकिङ प्रणालीमा पठाएको थियो। विभिन्‍न वित्तीय उपकरण खरिदमार्फत उक्त रकम बैंकिङ प्रणालीमा पठाइएको थियो। 

वित्तीय प्रणालीलाई कसरी कम जोखिमयुक्त बनाउन सकिन्छ भन्‍ने विषयमा महत्वपूर्ण योगदान गर्ने डाइमन्ड र डिब्भिगलाई पनि संयुक्तरुपमा नोबल पुरुस्कार प्रदान गरिने भएको हो। 

बर्नान्कलाई ‘ग्रेट डिप्रेसन’ नामक रिसर्चमा पुरस्कृत गरिएको छ। उनको अध्ययनले बैंकहरु सञ्चालन भइरहेको त्यतिबेलाको अवस्थाकै कारण आर्थिक मन्दी थप गहिरिएर विस्तार भएको खुलासा गरेको थियो। 

kumari

तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले नियुक्त गरेका बर्नान्कलाई  राष्ट्रपति बराक ओबामाले समेत निरन्तरता दिएका थिए।  डायमन्ड युनिभर्सिटी अफ सिकागोका अर्थशास्त्री हुन् भने डाइबविग भने वासिङटन युनिभर्सिटीमा सक्रिय छन्।

डायमन्डको विज्ञता वित्तीय मध्यस्तता, वित्तीय संकट र तरलतामा छ। 

उनी सन् १९७९ देखि फ्याकल्टीका रुपमा क्रियाशील छन्। डायमन्डले सन् २०१८ मा फाइनान्समा ओनासिस पुरस्कार पाएका थिए। 

डायमन्डले सन् १९७५ मा ब्राउन युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातक गरेका थिए। उनले १९७६ र १९७७ मा स्नातकोत्तर गरेका थिए। १९८० मा उनले यल युनिभर्सिटीबाट अर्थशास्त्रमै पीएचडी गरेका छन्। 

डाइबविगले १९७६ मा गणित र भौतिकशास्त्रमा इन्डियाना युनिभर्सिटीबाट स्नातक गरेका थिए। १९७८ मा उनले यल युनिभर्सिटीबाटै अर्थशास्त्रमा स्नातकोत्तर र एमफिल गरेका थिए। १९७९ मा यलबाटै उनले अर्थशास्त्रमा पिएचडी गरेका थिए।

सन् १९८० को सुरुआतमा यी तीनजनाको समूहले गरेको कामलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले पहिचान गरेको हो।

साइन्सेसका अनुसार यो समूहले गरेको कामले बैंकहरुको आवश्यकता बारे आधुनिक अवधारणा निर्माण गरेको छ। बैंकहरुको प्रमुख कमजोरी र बैंकहरु ध्वस्त हुदा अर्थतन्तमा आउने संकट तथाआर्थिक मन्दीलाई बढावा दिने बिषयलाई उजागर गरे बापत उक्त पुरुस्कारको घोषणा गरिएको बताइएको छ।


प्रकाशित: Oct 10, 2022| 18:25 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।