काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि देशभर आइतबार उम्मेदवारी दर्ता भएको छ। काठमाडौंमा १० निर्वाचन क्षेत्रमा कुल २४१ जनाको उम्मेदवारी परेको छ।
काठमाडौं क्षेत्र नम्बर १ मा जम्मा ३२ जनाको उम्मेदवारी परेको छ। जसमा पुरुष २२ जना र महिला १० जना छन्। निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै महिला उम्मेदवार रहेको क्षेत्र काठमाडौंको क्षेत्र नम्बर १ हो।
त्यस्तै क्षेत्र नम्बर २ मा ३१ जनाको उम्मेदवारी परेकोमा पुरुष २६ जना र महिला ५ छन्। त्यस्तै क्षेत्र नम्बर ३ मा २१ जना पुरुष र ३ जना महिला गरी २४ जना, क्षेत्र नम्बर ४ मा ३३ पुरुष र २ जना महीला गरि ३५ जना, क्षेत्र नम्बर ५ मा २६ पुरुष र ४ महिला गरि ३० जना, क्षेत्र नम्बर ६ मा २३ जना पुरुष र १ जना महिला गरि २४ जनाको उम्मेदवारी परेको छ।
काठमाडौं क्षेत्र नम्बर ७ मा २४ पुरुष र ५ जना महिला गरि २९ जना, क्षेत्र नम्बर ८ मा १७ पुरुष र २ महिला गरि १९ जना, क्षेत्र नम्बर ९ मा १७ पुरुष र ५ महिला र क्षेत्र नम्बर १० मा १७ पुरुष र २ महिला गरि १९ जनाको उम्मेदवारी परेको छ ।
सबैभन्दा धेरै उम्मेदवारी परेको निर्वाचन क्षेत्र काठमाडौ क्षेत्र नम्बर ४ मा ३५ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम मनाङमा जम्मा ३ जनाको उम्मेदवारी परेको छ।