आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कञ्चनपुर–१ मा १० जनाको उम्मेदवारी, प्रदेशमा १८ जना भिड्ने

कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि १० जना र प्रदेशसभा सदस्यका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
 |  सोमबार, असोज २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

कञ्चनपुर– कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि १० जना र प्रदेशसभा सदस्यका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

triton college

निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले दिएको जानकारीअनुसार प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट बिना मगर, नेकपा एमालेबाट तारा लामा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिल्ली बहादुर शाही, स्वतन्त्र उम्मेदवार खेम सुवेदी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राम किसन राना, स्वतन्त्र उम्मेदवार जगत बहादुर सायर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज जोशी, स्वतन्त्र उम्मेदवार हरिना देवी भट्ट र नेपाल मजदुर किसान पार्टीबाट नन्दा देवी जोशीले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रतिनिधिसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नन्द कुमार रानाले मनोनयन दर्ता गराएको भए पनि स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने तथा बिलम्व बुझाउने उपर जरिवाना ठहर भएको हुँदा मनोनयन आइइआइएमएस प्रणालीमा दर्ता नगरिएको सहायक निर्वाचन अधिकृत नरबहादुर बिकले जानकारी दिए। 

प्रदेशसभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नम्बर १ को क मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मजुरलाल राना, नेकपा माओवादी समाजवादीबाट जागेश्वर बुढाक्षेत्री, स्वतन्त्र उम्मेदवार स्थितप्रसाद घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खेमराज लामिछाने, नेपाली कांग्रेसबाट बन्धु राना, नेकपा एमालेबाट बीर बहादुर थापा, नागरिक उन्मुक्ति पार्टीबाट पल्टु राना, स्वतन्त्र उम्मेदवार भक्त बहादुर अधिकारी र नेपाल मजदुर किसान पार्टीबाट भागरथी रावलले उम्मेदवारी दर्ता गराएका छन्। 

कञ्चनपुर-१ का संघीय तथा प्रदेशसभाका उम्मेदवार।

Metro Mart
vianet

प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट पार्वती रानाले मनोनयन दर्ता गराएको भए पनि स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने तथा बिलम्व बुझाउने उपर जरिवाना ठहर भएको हुँदा उनको मनोनयन प्रणालीमा दर्ता नगरिएको बताइएको छ। 

प्रदेशसभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नम्बर १ को ख मा नेकपा एमालेबाट पल्लब राज भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धिरज विक्रम सिंह, नेपाली कांग्रेसबाट दिवान सिंह बिष्ट, स्वतन्त्र उम्मेदवार नेत्रलाल चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट काली चौधरी, स्वतन्त्र उम्मेदवार टेक बहादुर साउँद र नेपाल मजदुर किसान पार्टीबाट हर्क बहादुर क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट बुझौना चौधरी थारुले मनोनयन दर्ता गराएको भए पनि उनको उम्मेदवारी प्रणालीमा दर्ता नगरिएको निर्वाचन अधिकृतको कार्यालय बेलौरीले जनाएको छ।

प्रकाशित: Oct 10, 2022| 16:50 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।