मंगलबार, फागुन १९, २०८२

सार्वजनिक गरियो साफ यू–१५ महिला च्याम्पियनसिपको खेलतालिका

च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् ।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

kumari

काठमाडौं– बंगलादेशमा आगामी १ देखि ११ नोभेम्बरसम्म सञ्चालन हुने साफ यू–१५ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ। सोमबार साउथ एसियन फुटबल फेडेरेसन (साफ)ले खेलतालिका सार्वजनिक गरेको हो।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा तीन टिमले स्पर्धा गर्नेछन्। च्याम्पियनसिप डबल राउन्ड रोविनका आधारमा खेलाइनेछ। हरेक टिमले एकअर्कासँग दुई–दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ।

नेपालले पहिलो खेल ३ नोभेम्बरमा भुटानसँग खेल्नेछ। बंगलादेशसँग ५ नोभेम्बरमा दोस्रो खेल खेल्नेछ। नेपालले भुटानसँग दोस्रो खेल ९ नोभेम्बर  र बंगलादेशसँग ११ नोभेम्बरमा खेल्नेछ। साफ यू–१५ महिला च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भगवती राना मगरको नेतृत्वमा ३० खेलाडीले तयारी गरिरहेका छन्।

प्रकाशित: Oct 10, 2022| 15:05 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।