मंगलबार, जेठ ८, २०८१

गण्डकी आइपुग्यो राष्ट्रिय खेलकुदको ट्रफी

सोमबार गण्डकी प्रदेशमा लगिएको ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका हुन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं– नवौं राष्ट्रिय खेलकुदको ट्रफी ६ प्रदेश र विभिन्न ३ वटा विभागीय समूहको केन्द्रीय कार्यालयमा प्रदर्शन गरिएपछि आयोजना स्थल गण्डकी प्रदेश लगिएको छ। सोमबार गण्डकी प्रदेशमा लगिएको ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका हुन्।

triton college

नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसै संस्करणदेखि नयाँ ट्रफी ल्याएको हो। सातै प्रदेशमा ‘ट्रफी टुर’ गराउने लक्ष्यसहित ६ वटा प्रदेशमा ट्रफी प्रदर्शन गरिएको थियो। 

गण्डकीमा प्रतियोगिता अवधिभर ट्रफी प्रदर्शनका लागि राखिनेछ । ट्रफी सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकीले ट्रफी प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको बताए।

उनले भने, ‘यसमा प्रदेशको पनि स्वार्थ रहेकोले ट्रफी गण्डकीमै राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई आग्रह गर्दछु।’ मुख्यमन्त्री पोखरेलले ट्रफी सार्वजनिक गरेसँगै पोखरा नगर परिक्रमा गराइएको थियो। पोखरा लेकसाइडस्थित तालवाराही चोकमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले समापन गरेका थिए ।

खेल प्रतियोगिता आगामी २८ असोजदेखि पोखरामा सुरु हुँदै छ। ट्रफी सार्वजनिक कार्यक्रममा ‘ट्रफी टुर’ कार्यक्रम संयोजक एवं ओलम्पियन दीपक विष्ट, साग पदकधारी एवं कराँतेका प्रशिक्षक दीपक श्रेष्ठ, महिला भलिबलकी राष्ट्रिय टिम कप्तान अरुणा शाही र विश्व अल्ट्रा धाविका मिरा राई उपस्थित थिए।

corrent noodles
Metro Mart

प्रकाशित: Oct 10, 2022| 14:53 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।