मंगलबार, साउन १२, २०८३

पीडित किशोरी नाबालिग नभएको सन्दीपकी वकिलको दाबी

सन्दीप लामिछानेलाई जबर्जस्ती करणीको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी सन्दीप लामिछानेका वकिलले गरेका छन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं– सन्दीप लामिछानेलाई जबर्जस्ती करणीको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी सन्दीप लामिछानेका वकिलले गरेका छन्। ‘भविष्यमा फाइदा हुने’ भन्दै युवतीले आफ्नो उमेर घटाएको दाबी सन्दीपकी वकिल सुधा रिजालले गरिन्।

पीडित भनिएकी युवतीका दुईवटा जन्मदर्ता देखिएको र जन्मदर्ताअनुसार किशोरी नाबालिग नरहेको दाबी रिजालको छ।  ‘हामीसँग प्रमाण छ, त्यो हामी अदालतमा पेश गर्नेछौं,’ रिजालले भनिन्।

प्रहरीले आजै जिल्ला अदालत काठमाडौंमा सन्दीपलाई उपस्थित गराई अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको अनुमति लिएको छ। भदौ ५ मा सन्दीपले काठमाडौंको एक होटलमा पुर्‍याई लठ्याएर पटकपटक आफूलाई करणी गरेको भन्दै ती युवतीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्। उजुरी पर्दा विदेशमा रहेका सन्दीपले २० असोजमा प्रहरीसामु आत्मसमर्पण गरेका थिए।


प्रकाशित: Oct 10, 2022| 12:43 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।