आइतबार, वैशाख ७, २०८२

छोराको शव जल्दै गर्दा बुबासहित १३ जना मलामी पहिरोले पुरिए

चिता जल्दाजल्दै माथिबाट पहिरो खस्यो। मलामीहरुबीच भागदौड भयो। चिता नजिकै थिए हेमराजका बुबा। उनीसहित १३ जनालाई पहिरोले पुर्यो।
 |  सोमबार, असोज २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

vianetvianet

काठमाडौं– शनिबार कालिकोटको तिलागुफा नगरपालिका–४ का १८ वर्षीय हेमराज शाहीको शव जल्दै थियो राचुली नदी किनारमा। मुटुरोगी शाहीको सोही दिन बिहान मृत्यु भएको थियो। भारी वर्षाका बीच गाउँका करिब ६० जना मलामी गएका थिए। गत सातादेखि नै कालिकोटमा लगातार वर्षा भइरहेको थियो। मलामीमा थिए मृतक हेमराजका बुबा पनि। 

triton college

तिलागुफा–४ राचुलीमा नदी किनारमा हेमराजको शवमा दागबत्ती दिइयो। दागबत्ती दिए हेमराजकै ६० वर्षीय बुबा कालीबहादुर शाहीले। चिता जल्दाजल्दै माथिबाट पहिरो खस्यो। मलामीहरुबीच भागदौड भयो। चिता नजिकै थिए हेमराजका बुबा। उनीसहित १३ जनालाई पहिरोले पुर्यो।

स्थानीय प्रहरीका अनुसार सोही पहिरोले १० भन्दा बढी घर पनि बगाएको छ। चार घण्टा पैदल हिँडेर प्रहरी टोली घटनास्थल पुगेको छ र बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २२ वर्षीय प्रशान्त शाही रहेका छन्। बेपत्ता हुनेहरु मृतकका नजिकका आफन्त र नातागोताका बढी छन्।

प्रकाशित: Oct 10, 2022| 12:32 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।