बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिँदै

सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिँदै

लामिछानेलाई दसैं बिदाका कारण अदालत बन्द रहेकाले आज मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा लगिदै छ।

National life

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीबार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई दसैं बिदाका कारण अदालत बन्द रहेकाले आज मात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो। 

सन्दीपलाई पक्राउ गरी हाल प्रहरी वृत्त गौशालामा राखिएको छ। कतारको दोहाबाट बिहीबार बिहान ११ बजे नेपाल आएका सन्दीपलाई काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो। 

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।

प्रकाशित: Oct 10, 2022| 10:05 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।