आइतबार, कात्तिक ९, २०८२

डडेल्धुरामा एमाले र कांग्रेस बिपीबीचको गठबन्धन तोडियो

नेकपा एमालेले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ। एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

धनगढी- नेकपा एमालेले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ। एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो। तर, आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।

Kumaribank

स्नेही पूर्व राष्ट्रियसभा सदस्यसमेत हुन्। एमाले डडेल्धुराले केन्द्रबाट आधिकारीक रूपमा निर्देशन नआएकाले प्रतिनिधिसभामा एकल उम्मेदवारी दिएको जनाएको छ। उनीसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका पठानसिंह बोहोरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन्। यस्तै प्रतिनिधिसभामा कांग्रेस (बीपी) का वरिष्ठ उपाध्यक्ष समेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराएका छन्।

मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति पनि हुन्। नेपाली कांग्रेसको अधिवेशनका बेला क्रियाशिल सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो। त्यसपछि उनी कांग्रेस बीपीमा प्रवेश गरेका थिए।

प्रतिनिधिसभामा हालै एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किएका बिक्रमबहादुर शाहीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रकाशित: Oct 10, 2022| 07:27 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।