आइतबार, मंसिर ७, २०८२

महिला क्रिकेटमा सुदूरपश्चिमलाई बागमतीले हरायो

पोखरामा आइतबारबाट सुरु भएको राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले जित निकालेको छ। नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको महिला क्रिकेटमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको हो।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

पोखरा- पोखरामा आइतबारबाट सुरु भएको राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले जित निकालेको छ। नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको महिला क्रिकेटमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको हो।

National life

टस हारेर पहिले ब्याटिङको अवसर पाएको सुदूरपश्चिमले १८ ओभर दुई बलमा सबै विकेट गुमाएर ७१ रन बनाएको थियो। जवाफमा बागमतीले दुई विकेट मात्र गुमाएर १३ ओभर एक बलमै ७२ रनको लक्ष्य पूरा गरेको हो। 

बागमतीलाई जित दिलाउनका लागि कन्चन श्रेष्ठले सर्वाधिक २५ रन बनाइन् भने सुमन खतिवडाले ११ रन बनाइन्। यता सुदूरपश्चिमकी यशु चौधरीले एकमात्र विकेट लिइन्।

खेलको पहिलो पारीमा सुदूरपश्चिमकी अनु कडायतले २२ रन र रुवी पोदारले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बाँकी खेलाडीले कमजोर प्रदर्शन गरे।

बागमतीकी सोनी पाख्रिनले पाँच विकेट लिइन् भने खुसी डंगोलले दुई विकेट गिराइन्। कृष्मा थामी र अस्मिता खरेलले समान १–१ विकेट लिए। यो जितसँगै बागमतिले २ अंक जोडेको छ। आजै भएको खेलमा मधेश प्रदेशले गण्डकीलाई ४० रनले हराएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 09, 2022| 19:10 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।