धनगढी- कैलाली क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभामा लक्ष्मण थारूले उम्मेदवारी दर्ता गराएका छन्। चौधरी टीकापुर घटनाको अभियुक्त हुन्। उनी नेपाल प्रहरीको फरार सूचीमा छन्।
प्रतिनिधि सभाको निर्वाचनका लागि आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत् थारूले उम्मेदवारी दर्ता गराएका हुन्।
थारूका प्रस्तावकसमेत रहेका बुन्दीलाल थारूले उम्मेदवारी दर्ता गराएका छन्। नागरिक उन्मुक्तिका तर्फबाट कैलाली–५ को प्रदेश सभा (क) मा श्रीराम चौधरी र प्रदेश सभा (ख) मा गोठु चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
कैलाली-५ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डील्लीराज पन्त र नेकपा एमालेका तर्फबाट नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका हुन्।