बिहीबार, वैशाख ३१, २०८३

रामेछापमा बस दुर्घटना हुँदा १३ जना घाइते

दुर्घटनामा १३ जना घाइते भएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चरी खोलामा आइतबार बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्। 

National life

दोरम्बाबाट काठमाडौंका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो।

तीव्र गतिका कारण बस  दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन्। यात्रु दसैंको टिका लगाएर फर्कँदै थिए।

बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए। 

बसमा करिब ३० यात्रु सवार थिए। घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Oct 09, 2022| 13:20 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।