आइतबार, वैशाख ७, २०८२

सातौंपटक सांसद बन्न देउवाले दर्ता गराए उम्मेदवारी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन्।
 |  आइतबार, असोज २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

vianetvianet

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन्।

triton college

उनले प्रतिनिधिसभा सदस्यका लागि आज सातौं पटक उम्मेदवारी दर्ता गराएका हुन्। प्रधानमन्त्री देउवाको तर्फबाट उनकी पत्नी एवं नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले मनोनयन दर्ता गराएकी हुन्। उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी राणा शनिबार बेलुका नै डडेल्धुरा पुगेकी थिइन्।

देउवा डडेल्धुराबाट २०४८ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनी त्यसयताका सबै निर्वाचनमा सोही निर्वाचित हुँदै आएका छन्।

उनी प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट नै छैटौं पटक निर्वाचित भएका थिए। २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिने पत्नी आरजुले बताइन्।

यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि विजयी भएका थिए। 

National life insurance

उनी २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए। २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो। त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री भइसकेका छन्।

आगामी मङ्सिर ४ गतेको निर्वाचनमा देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ। देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दैछन्।

प्रकाशित: Oct 09, 2022| 15:44 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।