धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई माओवादी केन्द्रले टिकट दिएको छैन् । प्रतिनिधि सभाको निर्वाचन लड्ने मनसायमा रहेका भट्टले प्रदेश सभाको समेत टिकट नपाएका हुन्।
माओवादीले भट्टका स्वकीय सचिव शिवसिंह ओलीलाई प्रदेश सभा सदस्यको टिकट दिएको छ। एक निर्वाचन क्षेत्र रहेको डोटीमा प्रतिनिधि सभा सदस्यको टिकट गठबन्धनबाट एकीकृत समाजवादीले पाएको छ। प्रतिनिधि सभा सदस्यका लागि डोटीबाट पूर्वमन्त्री प्रेम आले निर्वाचन लड्दैछन्।
नेपाली कांग्रेसले प्रदेश सभामा क र माओवादी केन्द्रले प्रदेश सभा ख को टिकट पाएका छन्। प्रदेश सभा ख बाट सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव ओलीले चुनाव लड्ने भएका हुन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले प्रतिनिधि सभा सदस्यका लागि टिकट नपाउने देखिएपछि प्रदेश सभाकै निर्वाचन लड्ने मनसायमा थिए। तर, माओवादीले उनका स्वकीय सचिवलाई टिकट दिएको छ। यससँगै भट्टले प्रदेश सभाको टिकटसमेत पाएका छैनन्।