काठमाडौं- नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाही-४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन्।
महामन्त्री थापा यसअघि काठमाडौं ४ बाट चुनाव लड्दै आएका थिए। उनको नाम सर्लाही-४ बाट एकल सिफारिस भएपछि थापाले काठमाडौं-४ छोड्ने हल्ला चलेको थियो। यद्पि महामन्त्री थापाले भने आफू काठमाडौं-४ मा चुनाव लड्ने बताएका थिए।
पाँच दलीय गठबन्धनले गगनलाई काठमाडौं ४ बाट चुनाव लड्नका लागि छाडेको भए पनि पछिल्लो समय बनेको समीकरणअनुसार उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका हुन्।
काठमाडौं-४ डा. स्वर्णीम वाग्ले चुनाव लड्ने गरी तयारी भइरहेको कांग्रेस स्रोतले दाबी गरेको छ।
सर्लाही-४ बाट यसअघि कांग्रेस केन्द्रीय सदस्य अमरेश कुमार सिंह निर्वाचित भएका थिए। यसपटक स्थानीय निर्वाचनमा अमरेश पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरिएको थियो।