मंगलबार, चैत १७, २०८२

प्रदेश १ मा माओवादीबाट को-को बने उम्मेदवार?

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादीले आफ्नो भागमा परेको प्रतिनिधिसभाका ८ मध्ये ६ र प्रदेशसभाका १७ मध्ये १३ जना उम्मेदवारको टुंगो लगाएको छ।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

विराटनगर- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादीले आफ्नो भागमा परेको प्रतिनिधिसभाका ८ मध्ये ६ र प्रदेशसभाका १७ मध्ये १३ जना उम्मेदवारको टुंगो लगाएको छ। 

National life

प्रतिनिधिसभामा ८ सिट पाएको माओवादीले ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, मोरङ ४ मा अमनलाल मोदी र ५ मा शिबकुमार मण्डल उम्मेदवार बनेका छन्। उनीहरु दुबै यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। सुनसरी १ मा  मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाएको छ। भोजपुरमो निवर्तमान सांसद सुदन किरातीलाई उम्मेदवार बनाएको छ। खोटाङमा प्रदेशका बहालवाला मन्त्री रामकुमार राई कि केन्द्रीय सदस्य समिता कार्कीलाई उम्मेदवार बनाउने भन्ने निर्णय हुन बाँकी रहेको बताईएको छ। माओवादीको भागमा परेको भनिएको सोलुखुम्बुमा भने काँग्रेसको दावी कायमै रहेकोले अन्तिम टुंगो लाग्न बाँकी छ। झापा २ मा पनि टुङ्गो लाग्न बाँकी छ। 

प्रदेश सभाका १७ क्षेत्र मध्ये  पाँचथरको (ख)  बाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, झापा ३( ख) बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशी, झापा ४ (क) बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ (२) बाट गगन पुरी उम्मेदवार बन्ने भएका छन्।  मोरङ १(क) बाट कुलप्रसाद साम्बा, मोरङ २(क) बाट गणेश उप्रेती, मोरङ ६(क) बाट जीवन आचार्य, सुनसरी २(क) बाट इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरी, सुनसरी ३(क) बाट प्रदेशकी उपसभामुख सरस्वती पोखरेल, धनकुटा (ख) बाट कुशुमकुमारी श्रेष्ठ र तेह्रथुम (ख) बाट दुर्गा चापागाई उम्मेदवार बन्ने भएका छन्। 

सोलुखुम्बुबाट कज्र्याङ शेर्पा, उदयपुर १(क) बाट नारायण बुर्जा मगर र उदयपुर २(क) बाट राजन किराती उम्मेदवार बन्ने भएका छन्। माओवादीको भागमा परेको इलाम २(ख), झापा १ (ख), संखुवासभा (क) र ओखलढुंगा (ख) को उम्मेदवार भने फाइनल भइ नसकेको पार्टीले जनाएको छ। आइतबार उम्मेदवारी दर्ता भएकाले राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लगाउँदै गएका छन्।

प्रकाशित: Oct 08, 2022| 19:01 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।