आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुनसरी एमालेमा विद्रोह ! पूर्व मेयरदेखि प्रदेश सांसदले घोषणा गरे स्वतन्त्र उम्मेदवारी

सुनसरी एमालेमा विद्रोह ! पूर्व मेयरदेखि प्रदेश सांसदले घोषणा गरे स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले प्रदेश १ कमिटी सचिवालय सदस्य मनोज मेन्याङ्बो र प्रदेश सदस्य लिलम बस्नेतले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  शनिबार, असोज २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

vianetvianet

इटहरी– नेकपा एमाले प्रदेश १ कमिटी सचिवालय सदस्य मनोज मेन्याङ्बो र प्रदेश सदस्य लिलम बस्नेतले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। नेकपा एमालेले अलोकप्रिय नेतालाई टिकट दिएको भन्दै उनीहरुले स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन्। 

triton college

मेन्याङ्बोले सुनसरी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् भने बस्नेत सुनसरी ३ (क) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बन्न लागेका हुन्। एमालेले जनता समाजवादी पार्टीसँगको गठबन्धनमा प्रतिनिधिसभातर्फ अशोक राईलाई उम्मेदवार बनाउने भएको छ। धरान उपमहानगरपालिकाका पूर्व मेयरसमेत रहेका मेन्याङ्गबोले एमालेको पकड एरिया रहेको क्षेत्रमा जसपाको उम्मेदवार उठाएर पार्टी नेतृत्वले नै कार्यकर्तालाई निरास बनाएको बताए। 

उनले धरानमा पछिल्लो समय नेतृत्वको कमजोरीले गत स्थानीय तहको निर्वाचनमा एमाले तेश्रो बन्न पुगेको टिप्पणी गरे। ‘धरानमा धेरै वडा जित्ने तर प्रमुख पद हार्ने किन भन्दा पार्टीको गलत निर्णय भएर हो,’ उनले भने, ‘नेता तथा कार्यकर्ताले नै भोट हालेनन् जसको असर मेयर, उपमेयरमा देखा पर्यो।’

२०७४ को निर्वाचनमा तत्कालीन नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद बस्नेत पनि स्वतन्त्र उम्मेदवार बन्न लागेका हुन्। नेकपा एमालेबाट पुनः उम्मेदवार बन्ने तयारीमा रहेका उनले नेपाली कांग्रेसको उम्मेदवार फाइनल भएपछि औपचारिक घोषणा गर्ने बताए। सत्तारूढ गठबन्धनतर्फ माओवादी केन्द्रले टिकट पाउने भएपछि कांग्रेसभित्र पनि असन्तुष्टि चुलिएको छ। 

नेपाल समयसँग कुरा गर्दै बस्नेतले कांग्रेसले उम्मेदवारी नपाउँदा स्वतन्त्र उठेर चुनावमा लाग्ने बताए। ३ (क) मा गठबन्धनतर्फ प्रदेश १ उपसभामुख सरस्वती पोखरेल र नेकपा एमालेबाट रोहित कार्कीले टिकट पाउने भएका छन्। 

National life insurance

सुनसरी २ (क) मा पनि नेपाली कांग्रेसले टिकट नपाउने भएपछि असन्तुष्टि चुलिएको छ। इटहरी उपमहानगरपालिकाभित्रका कांग्रेस कार्यकर्ता गठबन्धनको टिकट वितरणप्रति असन्तुष्ट देखिएका छन्। २ (क) मा गठबन्धनतर्फ भर्खरै माओवादी केन्द्र प्रवेश गरेका पूर्वमेयर द्वारिकलाल चौधरीले टिकट पाउने भएका छन्। प्रदेशसभामा चौधरी र एमाले उम्मेदवार रेवतीरमण भण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित: Oct 08, 2022| 17:48 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।