सोमबार, कात्तिक ३, २०८२

जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ सहित ७ जनाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका पाँच जना सहित ७ जनाको मृत्यु भएको छ।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका पाँच जना सहित ७ जनाको मृत्यु भएको छ। गाउँपालिकाको बाराकोटे बाडागाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरूका छोरा अनमोल र मिलनको मृत्यु भएको प्रहरीले बताएको छ।

Kumaribank

सोही घरमा आश्रय लिनबसेका दुई जना छिमेकी शुरेन्द्र हमाल र विद्या शाहिको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए। गम्भीर अवस्थामा रहेका दुई जना घाइतेलाई उद्धार गरी अस्पतालमा उपचारका लागि पठाइएको छ।

जुम्लाकै हिमा गाउँपालिका वडा नम्बर ३ कि २५ वर्षिया सत्यदेवी योगी सहित उनका ३ वर्षको छोरा विनम योगीलाई खोलाले बगाएको छ। आफ्नो घरमा पहिरो खस्ने जोखिम बढेपछि सुरक्षित स्थान तर्फ जाँदै गर्दा खोलाले बगाएर उनिहरु बेपत्ता भएका प्रहरीले जनाएको छ।

आजै सदरमुकाम खलंगामा आगलागीबाट २ वटा पसल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । १ सुन पसल र एक कपडा पसल पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए ।

प्रकाशित: Oct 08, 2022| 13:39 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।