काठमाडौं- जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुईजना बेपत्ता छन् भने दुईजनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनर्स्थापनामा कुनै कसर बाँकी नराख्न गृह प्रशासन र जिल्ला प्रशासनलाई निर्देशन दिएका छन्।