आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश १ बाट प्रदेश र प्रतिनिधिसभामा एमालेबाट कसले पाए टिकट?

प्रदेशसभाका ५६ र प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्दै आफ्ना उम्मेदवारको टुङ्गो लगाएको प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य देवराज घिमिरेले जानकारी दिए।
 |  शनिबार, असोज २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

विराटनगर– आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ। शुक्रबार एमालेले उम्मेदवार टुङ्गो लगाएको हो।

triton college

प्रदेशसभाका ५६ र प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्दै आफ्ना उम्मेदवारको टुङ्गो लगाएको प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य देवराज घिमिरेले जानकारी दिए।

झापा १ मा अग्नि खरेल, २ मा देवराज घिमिरे, ४ मा लालप्रसाद साँवा र ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिने भएका छन्। क्षेत्र नम्बर ३ एमालेले राप्रपालाई सघाउने भएको छ। प्रदेशसभा तर्फ १ (क) मा रविन कोइरालाले टिकट पाएका छन्। तर कोइरालाले आफू प्रदेशसभाको उम्मेदवार नबने सार्वजनिक रुपमा बताउँदै आएका छन्। उनी प्रतिनिधिसभाका आकांक्षी थिए। १ (ख) एमालेले राप्रपालाई छाडेको छ। २ (क) मा एकराज कार्की, (ख) मा चिन्तन पाठक उम्मेदवार बन्ने छन्। ३ (क) मा वसन्त बानियाँ र (ख) मा हरी राजवंशी, ४ (क) राधाकृष्ण खनाल र ४ (ख) राप्रपाले पाउने भएको छ। ५ (क) बाट हिक्मत कार्की र (ख) मा होमबहादुर थापाले टिकट पाएका छन्।

मोरङ १ मा घनश्याम खतिवडाले टिकट पाएका छन्। प्रदेश (क) मा उमाकान्त गौतम र (ख) मा खड्ग बस्नेतले टिकट पाएका छन्। २ मा ऋषिकेश पोखरेलले टिकट पाएका छन्। प्रदेश (क) मा डिबी कार्की र प्रदेश (ख) मा लिलाबल्लभ अधिकारी उम्मेदवार बन्ने भएका छन्। ३ बाट भानुभक्त ढकालले टिकट पाएका छन्। प्रदेश (क) मा किशोर राई र (ख) मा ज्ञानेन्द्र सुवेदीले टिकट पाएका छन्।

क्षेत्र नम्बर ४ बाट विनोद ढकाललाई टिकट दिएको छ। प्रदेश (क) मा जयप्रकाश चौधरीले टिकट पाउँदा (ख) भने जसपाको भागमा परेको छ। मोरङ ५ जसपाले पाएको छ। प्रदेश (क) मा एमालेका सन्तोष साहले टिकट पाए भने (ख) जसपाको भागमा परेको छ।  मोरङ ६ बाट लालबाबु पण्डितले टिकट पाएका छन्। प्रदेश (क) बाट रिता न्यौपानेले टिकट पाउँदा (ख) जसपाको भागमा परेको छ।

Metro Mart
vianet

सुनसरी क्षेत्र नम्बर १ एमालेले जसपालाई छाडेको छ। क्षेत्र नम्बर २ मा भीम आचार्य, ३ मा भगवती चौधरी र ४ मा जगदिश कुसीयैतले टिकट पाएका छन्। क्षेत्र नम्बर १ को प्रदेश (क) मा रमेश बस्नेत, (ख) मा विजय राई, २ (क) मा रेवतीरमण भण्डारी, (ख) मा रामप्रसाद मेहता, ३ (क) मा रोहित प्रसाई (ख) बाट रामदेव मेहताले टिकट पाएका छन्। क्षेत्र नम्बर ४ (क) जसपाको भागमा परेको छ। (ख) मा एमालेका अब्बास मियाँले टिकट पाएका छन्। उदयपुर १ मा मञ्जु चौधरी र २ मा ज्ञानेन्द्र श्रेष्ठले टिकट पाएका छन्। प्रदेश १ (क) मा विमल कार्की, (ख) मा इश्वरमणी राउतले टिकट पाएका छन्। प्रदेश २ (क) मा देवराज राई र (ख) मा जिवनाथ दाहालले टिकट पाएका छन्।

ताप्लेजुङमा योगेशकुमार भट्टराई प्रदेश (क) बाट तिलकुमार मेन्याङ्बो र (ख) बाट मणिशंकर पोमुले टिकट पाएका छन्। धनकुटामा राजेन्द्र राईले टिकट पाएका छन्। प्रदेश (क) मा निरन राई र (ख) मा इन्द्रमणी पराजुलीले टिकट पाएका छन्। प्रदेश तर्फका दुवै उम्मेदवार निवर्तमान प्रदेश सांसद हुन। इलाम १ मा काजीमान कागते र २ सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन्। प्रदेश १ (क) मा शोभा पराजुली, (ख) मा दिपक थेवे, २ (क) मा गणेश बराल (ख) मा रामबहादुर रानाले टिकट पाएको एमाले श्रोतले जानकारी दिएको छ।

संखुवासभामा राजेन्द्र गौतम, प्रदेश (क) मा भविश्वर गुरुङ (ख) मा विदुर लिङ्थेपले टिकट पाएका छन्। तेह्रथुममा विजय सुब्बा, प्रदेश ( क) मा तेजमान कन्दङवा र (ख) बाट किशोरचन्द्र दुलालले टिकट पाएका छन्। खोटाङमा विशाल भट्टराईले टिकट पाएका छन्। प्रदेश (क) मा पि।के। राई र (ख) बाट रामप्रसाद दंगालले टिकट पाएका छन्। सोलुखुम्बुमा मानवीर राई, प्रदेश (क) मा उत्तमकुमार बस्नेत र (ख) मा बुद्धिकुमार राजभण्डारीले टिकट पाएका छन्। बस्नेत र राजभण्डारी दुवै निवर्तमान प्रदेश सांसद हुन्।

ओखलढुंगामा यज्ञराज सुनुवारले टिकट पाएका छन्। प्रदेश (क) मा अम्बिरबाबु गुरुङ र (ख) मा ज्ञानबहादुर खड्काले उम्मेदवारी दिने भएका छन्। पाँचथरमा बसन्त नेम्वाङ, प्रदेश (क) मा राजकुमार भण्डारी र (ख) मा अइन्द्रसुन्दर नेम्वाङले टिकट पाएका छन्। भोजपुरमा शेरधन राईले टिकट पाएका छन्। प्रदेश (क) मा हरिबहादुर राई र (ख) मा खड्गबहादुर कार्कीले टिकट पाएको एमालेले जनाएको छ।

प्रकाशित: Oct 08, 2022| 08:50 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।