बुधबार, कात्तिक ११, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भियतानमसँग लज्जास्पद हार, प्रशिक्षक भन्छन् – नेपाली खेलाडीले नै पास दिएजस्तो भयो

भियतानमसँग लज्जास्पद हार, प्रशिक्षक भन्छन् – नेपाली खेलाडीले नै पास दिएजस्तो भयो

यू १७ को एसिया कप छनोटमा लगातार दोस्रो हार बेहोरेपछि छनोट चरणबाटै नेपाल बाहिरिएको छ। भियतनाममा जारी छनोटमा नेपालले भियतनामसँग ५–० को लज्जास्पद हार बेहोरेपछि बाहिरिएको हो।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

काठमाडौं- यू १७ को एसिया कप छनोटमा लगातार दोस्रो हार बेहोरेपछि छनोट चरणबाटै नेपाल बाहिरिएको छ। भियतनाममा  जारी छनोटमा नेपालले भियतनामसँग ५–० को लज्जास्पद हार बेहोरेपछि बाहिरिएको हो।

नेपालविरुद्ध भियतनामका कोङ फुओङ, होआङ सन, लोङ भू, हिन्ह थुओङ र भान दान्हसले समान १–१ गोल गरेका थिए। नेपालविरुद्ध पहिलो हाफमै चार गोल गरेका थियो। ‘हामीले दोस्रो हाफमा हतार नगरि शान्त भएर साधारण फुटबल खेल्यौँ। मैले खेलाडी पनि परिवर्तन गरेँ  र अन्तिम खेलका लागि आराम पनि दिएँ,’ नेपाललाई हराएपछि भियतनामी प्रशिक्षक एनगुएन क्वोएक तुआनले भने।

नेपालविरुद्ध खेल समभरी नै भियतनामले बलमा पकड बनाएको थियो। नेपाली खेलाडी कमजोर देखिएका थिए। ‘फेरी हामीलाई पहिलो हाफमा गल्तीले सताएको छ। खेलमा लाग्थ्यो, हाम्रो खेलाडीले विपक्षीलाई पास मिलाइदिरहेका छन्,’ नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले खेलपछि भनेका छन्।

भियतनामी प्रशिक्षकले नेपाली टिम आफूले सोचेभन्दा पनि कमजोर भएको बताएका छन्। त्यस्तै, उनले नेपालविरुद्धको खेललाई भन्दा पनि थाइल्यान्डविरुद्धको खेलबारेमा धेरै चनाखो भएको बताएका छन्। ‘मुख्य खेलाडीलाई थाइल्यान्डसँगको खेलका लागि आराम दिएको छु,’ उनले भने, ‘किनभने म आजको खेलमा धेरै इन्ज्युरी पनि चहाँदिन थिएँ।’

यो छनोट सुरु हुनुभन्दा अघि सबै टिम बराबरीको अवस्थामा थिए। तर नेपाली टिम धेरै कमजोर देखियो। उसले, पहिलो खेलमा थाइल्यान्डसँग ३–० को हार बेहोरेको थियो। नेपालले आजको खेलमा पनि गोल गर्न सकेन। ‘दुई खेल खेलिसकेपछि चाहिँ थाइल्यान्ड र हामी बलियो को कि भन्ने लागेको छ।’ भियनतामको यू १६ राष्ट्रिय टिमले थाइल्यान्डलाई हराइसकेको छ।

यता  नेपाली टिमले धेरै मिस पास खेलेको प्रशिक्षक श्रेष्ठले बताएका छन्। उनले भने, ‘हामीले दबाबमा खेल्न सकेनौँ। भियतनामा धेरै बलियो टिम थियो। उनीहरुको कला र पास दिने शैली पनि राम्रो थियो। उनीहरु साफका टिमभन्दा पनि बलिया छन्।’

उनले नेपाली खेलाडीले खेलमा कन्फिडेन्स गुमाएको पनि बताएका छन्। त्यस्तै, अब राम्रो तयारी नगरि भियतानमजस्तो देशसँग खेल्नै नहुने पनि उर्जनले बताएका छन्। ‘हामीले हाम्रो तयारीका बारेमा पनि सोच्ने बेला भएको छ,’ उनले भने।

प्रकाशित: Oct 07, 2022| 22:20 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।