मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै पुष्करनाथ ओझाले भने- शेरबहादुर देउवाबाहेक कसैलाई क्षेत्र छाड्दिनँ

स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै पुष्करनाथ ओझाले भने- शेरबहादुर देउवाबाहेक कसैलाई क्षेत्र छाड्दिनँ

नेपाली कांग्रेसबाट कारवाहीमा परेका नेता पुष्करनाथ ओझाले कैलाली–५ बाट संघीय संसद् निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

धनगढी- नेपाली कांग्रेसबाट कारवाहीमा परेका नेता पुष्करनाथ ओझाले कैलाली–५ बाट संघीय संसद् निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। क्षेत्र नम्बर–५ का नागरिक र स्वयं आफ्नो आत्मसम्मानका लागि स्वतन्त्र उम्मेदवारी दिने उनको भनाइ छ।

National life

‘नेतृत्वको टीका लगाएर, झोलामा टन्न पैसा ल्याएर चुनाव जितिन्छ भन्ने भ्रम देखियो,’ उनले भने, ‘पैसामा यस क्षेत्रका नागरिकको आत्मसम्मान बिक्दैन भन्ने पुष्टि गर्न मैले उम्मेदवारी दिन लागेको हुँ। त्यो उम्मेदवारी स्वयं मेरो आत्मसम्मानका लागि पनि हुनेछ।’

तर आफू दलको विरुद्ध भने नभएको उनले बताए। आफू दल बनाउन लागेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिनु आफ्नो बाध्यता भएको बताए। ‘कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक कैलाली–५ अरुका लागि छोड्नुपर्ने कारण मैले देखेको छैन,’ उनले भने, ‘यदि उहाँ यस क्षत्रबाट चुनाव लडेको भए म पछि हट्ने थिएँ, तर त्यस्तो अवस्था देखेन, अन्तिम समयसम्म पनि कांग्रेसले मलाई उम्मेदवार बनाउँछ भन्ने आशामा छु।’

उनले कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने सम्भावना नरहेको भए पनि मनोनयनको अन्तिम समयसम्म पनि त्यो आशा भने नत्याग्ने बताए।

२०७० को उपनिर्वाचनमा कैलाली–५ बाट निर्वाचन जितेका नेता पुष्करनाथ ओझालाई २०७४ को निर्वाचनमा असहयोग गरेको भन्दै कांग्रेसको अनुशासन विभागले ५ वर्षका लागि कारवाही गरेको थियो। २०७४ को निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा कैलाली–५ बाट निर्वाचन लडेकी थिइन्। उनी तत्कालिन नेकपाका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन्। आरजु पराजित हुनुको कारण पार्टीभित्रैबाट घात भएको र सो कार्यमा पुष्करनाथ ओझाले महत्वपूर्ण भूमिका खेलेको छानबिन समितिको निष्कर्ष थियो।

Laxmi sunrise bank
kumari

कैलाली–५ बाट कांग्रेसका तर्फबाट निवर्तमान प्रदेशसभा सदस्य डिल्लीराज पन्तले टिकट पाउने सम्भावना रहेको छ। उनी ५ दलीय गठबन्धनका साझा उम्मेदवार बन्नेछन्। यसैगरी नेकपा एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले टिकट पाउने सम्भावना छ। स्थानीय निर्वाचनबाट कैलालीमा बलियो देखिएको नागरिक उन्मुक्ति पार्टीबाट सो पार्टीका लक्ष्मण थारुले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

प्रकाशित: Oct 07, 2022| 19:33 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।