बिहीबार, माघ ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

काठमाडौं उपत्यकामा दसैंमा विभिन्‍न दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं उपत्यकामा बडादसैंको फूलपातीदेखि आज शुक्रबार दिउँसोसम्म विभिन्न घटना-दुर्घटनामा परी सातजनाको ज्यान गएको छ। मृत्यु हुनेमा चार पैदल यात्रु र तीनजना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने रहेका छन्।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

ntc landingntc landing

काठमाडौं- काठमाडौँ उपत्यकामा बडादसैँको फूलपातीदेखि आज शुक्रबार दिउँसोसम्म विभिन्न घटना-दुर्घटनामा परी सातजनाको ज्यान गएको छ। मृत्यु हुनेमा चार पैदल यात्रु र तीनजना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने रहेका छन्। 

himalayan bank box

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्री बडादसैं पर्वका अवसरमा काठमाडौँ उपत्यकाको सवारीसाधन व्यवस्थापनमा दिनरात  नभनी ट्राफिक प्रहरी सडकमा खटेकाले तुलनात्मक रुपमा यस वर्ष धनजनको क्षति कम भएको बताउछन्। 

काठमाडौं उपत्यकामा आज सार्वजनिक सवारीसाधन सामान्य अवस्थामा गुडिरहेका छन भने बालबालिकाका साथ टीका जमरासहित आ–आफ्नो निवास तथा आफन्तजनकहाँ पुग्न  दौडधुप गरिरहेका देखिन्छन्। बडादसैँमा विशेष गरी फलफूलको व्यापार बढेको पाइयो। आफ्ना  मान्यजनको हातबाट टीका थाप्न जाने अधिकांशले गच्छेअनुसार फलफूल बोकेको पाइयो।  

प्रयोगकर्ता बढेका कारण खासगरी ट्याक्सीतर्फ सर्वसाधारणको ध्यान बढी गएको देखिन्छ।  सडकबजारका प्रमुख चोकमा सार्वजनिक सवारीसाधन कुर्ने, ओर्लने र चढ्ने यात्रुको सङ्ख्या उल्लेखनीय छ। आज बिहान काठमाडौँ उपत्यकाको मौसममा सुधार भए पनि दिउँसोदेखि बादल लाग्नुका साथै सामान्य वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान विभागले आज पनि वर्षा हुने जनाएको छ। विजया दशमीको दिन रातिदेखि बिहीबार दिनभर काठमाडौँ उपत्यकामा झरी परेको थियो। आज दिउँसोसम्म मौसम सफा रहेकाले चहलपहल ह्वात्तै बढेको थियो।  

यहाँबाट बाहिरिनेको तुलनामा काठमाडौँ उपत्यकामा भित्रिने सवारीसाधन र यात्रुको सङ्ख्या बढ्न थालेको कलङ्की चोकमा खटिएका ट्राफिक प्रहरी हबल्दार मेखराज खत्रीले जानकारी दिनुभयो। वर्षासँगै पहिराका कारण त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणघाट सडकखण्ड बन्द हुने र खुल्ने-खुलाउने क्रम जारी रहेको बाँडभन्ज्याङ प्रहरी कार्यालयले जनाएको छ। 

यस वर्ष बडादसैंका अवसरमा काठमाडौँ उपत्यकामा सामन्यबाहेक जघन्य एवम् ठूला प्रकृतिका चोरी, लुटपाटका घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

प्रकाशित: Oct 07, 2022| 16:50 शुक्रबार, असोज २१, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।