आइतबार, वैशाख ७, २०८२

सप्तरीमा ६ हजार मतदाता थप

आसन्‍न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन्। आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएअनुसार दुई हजार पाँच सय ३९ महिला र तीन हजार तीन सय ९० मतदाता थपिएका हुन्।
 |  शुक्रबार, असोज २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

vianetvianet

सप्तरी- आसन्‍न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन्। आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएअनुसार दुई हजार पाँच सय ३९ महिला र तीन हजार तीन सय ९० मतदाता थपिएका हुन्। 

triton college

अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पूरा भएका चार लाख १८ हजार तीन सय ७४ मतदाताले सप्तरीमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदाता सूचीमा नाम दर्ता भएका मतदातामध्ये दुई लाख १७ हजार दुई सय ८२ पुरुष, दुई लाख एक हजार ७१ महिला र २१ जना अन्य रहेको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका १८ स्थानीय तहमा चार लाख १२ हजार चार सय ४५ मतदाता थिए। जस्मा महिला एक लाख ९८ हजार पाँच सय ३२, पुरुष दुई लाख १३ हजार आठ सय ९२ र २१ अन्य थिए।

निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो। त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आएको थियो। 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी उमेश यादवका अनुसार सप्तरीमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नं १ मा ५८ हजार दुई सय २९ पुरुष, ५४ हजार नौ सय ५८ महिला र आठ अन्य गरी एक लाख १३ हजार एक सय ९५ मतदाता छन्। प्रदेशसभा १ (क) मा ३० हजार दुई सय ८४ पुरुष, ३० हजार चार सय ८५ महिला र आठ अन्य गरी ६० हजार सात सय ७७ मतादाता छन्। प्रदेश १ (ख) मा २७ हजार नौ सय ४५ पुरुष र २४ हजार चार सय ७३ महिला गरी ५२ हजार चार सय १८ मतदाता छन्।

प्रतिनिधिसभा क्षेत्र नं २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार तीन सय ५५ महिला र दुई अन्य गरी ९५ हजार तीन सय ९४ मतदाता रहेका छन्। प्रदेश २ (क) मा २६ हजार आठ सय २२ पुरुष, २३ हजार ९६ महिला गरी ४९ हजार नौ सय १८ मतदाता छन्। प्रदेश सभा २ (ख) २४ हजार दुई सय १५ पुरुष, २१ ह्जार दुई सय ५९ महिला र दुई अन्य गरी ४५ हजार चार सय ७६ मतदाता छन्। 

National life insurance

प्रतिनिधिसभा क्षेत्र नं ३ मा ५४ हजार आठ सय ३६ पुरुष, ५० हजार ५० महिला र ६ अन्य गरी एक लाख चार हजार आठ सय ९२ मतदाता छन्। प्रदेश ३ (क) मा २८ हजार ४४ पुरुष, २६ हजार दुई सय तीन महिला र तीन अन्य गरी ५४ हजार दुई ५० मतदाता छन्। प्रदेशसभा ३ (ख) २६ हजार सात सय ९२ पुरुष, २३ हजार आठ सय ४७ महिला र तीन अन्य गरी ५० हजार ६ सय ४२ मतदाता छन्। 

यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा ५३ हजार एक सय ८० पुरुष, ५१ हजार सात सय आठ महिला र पाँच अन्य गरी एक लाख चार हजार आठ सय ९३ मतदाता छन्। प्रदेश ४ (क) मा २७ हजार तीन सय २९ पुरुष, २८ हजार ४७ महिला र पाँच अन्य गरी ५५ हजार तीन सय ८१ मतदाता छन्। प्रदेशसभा ४ (ख) २५ हजार आठ सय ५१ पुरुष, २३ हजार ६ सय ६१ महिला गरी ४९ हजार पाँच सय १२ मतदाता छन्।

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो। सरकारले गत साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको थियो। निर्वाचनको मिति घोषणा भएसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनको काम स्थगन गरेको थियो। 

सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित चारवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को राजविराज–७ स्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको नवनिर्मित भवनमा राखिएको छ। 

यसैगरी निवार्चन क्षेत्र नं १ को सर्वोदय मावि कञ्चनरूपमा, क्षेत्र नं ३ को शम्भुनाथ नगरपालिका–७ को कार्यालय कठौना र क्षेत्र नं ४ को खडक नगरपालिकाको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। 

प्रकाशित: Oct 07, 2022| 19:50 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।