मंगलबार, कात्तिक १८, २०८२

बर्थिङ सेन्टर बन्द भएपछि महिला र शिशुको ज्यान जोखिममा

गोलबजारको बर्थिङ सेन्टरको ढोका बन्द थियो। सेवाग्राहीका रुपमा आएकी अनोधैनले ढोका ढक्ढक्याइन्। निकै बेरपछि ढोका त खुल्यो। तर ढोका खोल्ने व्यक्ति स्वास्थ्कर्मी नभएर सरसफाइकर्मी थिए। सबै स्वास्थ्यकर्मी बिदामा बसेकाले फोन गरेर बोलाउन उहाँले सञ्जिरालाई आश्वासन दिए।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

झापा- बुधबार दसैँको टीकाको दिन बिहान ९ बजे सञ्जिरा साहलाई प्रसव व्यथा लाग्योे। सुरक्षित प्रसूतिका लागि उनकी सासू अनोधैन साहले सञ्जिरालाई गोलबजार स्वास्थ्य चौकी परिसरमा रहेको बर्थिङ सेन्टरमा पुर्‍याए।   

Kumaribank

गोलबजारको बर्थिङ सेन्टरको ढोका बन्द थियो। सेवाग्राहीका रुपमा आएकी अनोधैनले ढोका ढक्ढक्याइन्। निकै बेरपछि ढोका त खुल्यो। तर ढोका खोल्ने व्यक्ति स्वास्थ्कर्मी नभएर सरसफाइकर्मी थिए। सबै स्वास्थ्यकर्मी बिदामा बसेकाले फोन गरेर बोलाउन उहाँले सञ्जिरालाई आश्वासन दिए। 

स्वास्थ्यकर्मीलाई पालैपालो गरेर फोन गरे पनि बर्थिङ सेन्टरमा आउन कोही पनि तयार भएनन्। सञ्जिराको अवस्था नाजुक हुँदै गएको जानकारी दिएपछि स्वास्थ्यकर्मीले उनलाई अन्यत्र लैजान फोनबाट सुझाव दिएको सञ्जिराकी सासू अनोधैनले बताए। उनले एम्बुलेन्समा  बुहारीलाई प्रादेशिक अस्पताल लहान लगे। लहान अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा सञ्जिराले सुरक्षित रुपमा बच्चा जन्माए। 

'स्वास्थ्यकर्मीले ढिलो गरी ल्याएकामा मलाई हप्काए, केही बेर ढिलो गरेको भए अनिष्ट हुनेथियो', सासू अनोधैनले भने। मातृ शिशु मृत्युदर घटाउन राज्यले हरेक प्रयत्न गरिरहेको छ। प्रसूति गराउन स्वास्थ्य संस्थामा नै जानु पर्दछ भनेर चेतना फैलाउने गरिएको छ। तर गोलबजार बर्थिङ सेन्टरमा पुगेका सुत्केरीले त्यसको अनुभूति गर्न पाएका छैनन्। 

गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुनु गम्भीर लापरबाही भएको बताए। दोषी कर्मचारीउपर दसैं बिदापछि कारबाही गरिने उनको भनाइ छ। 

Metro Mart

प्रकाशित: Oct 07, 2022| 19:25 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।