आइतबार, मंसिर ७, २०८२

नवौं राष्ट्रिय खेलकुद : १० खेलका २३ ‘विधा’ रद्द

गल्फ आर्चरी, प्याराग्लाइडिङ, पौडी, भारोत्तोलन, सुटिङ, जिमन्याष्टिक स्क्वास, सफ्ट टेनिस, जुडोका केही इभेन्ट नहुने प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

पोखरा- गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न १० खेलका २३ विधा रद्द गरिएको छ। 

National life

प्रतियोगिताका लागि कम्तीमा चारवटा टोलीको सहभागिता अनिवार्य हुने र सो नभए खेल रद्द हुने प्रावधानअनुसार केही खेलका विधा नहुने भएको हो।

गल्फ आर्चरी, प्याराग्लाइडिङ, पौडी, भारोत्तोलन, सुटिङ, जिमन्याष्टिक स्क्वास, सफ्ट टेनिस, जुडोका केही इभेन्ट नहुने प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ। 

धेरैजसो इभेन्टमा महिला खेलाडीको सहभागिता नभएपछि रद्द गरिएको हो। सबैभन्दा बढी आर्चरीमा सात इभेन्ट रद्द गरिएको छ। त्यसैगरी अन्य खेलको एकदेखि तीन इभेन्टसम्म नहुने सम्भावना रहेको बताइन्छ।

आर्चरीका सातवटा इभेन्टहरुमा चार टोलीको सहभागिता नभएकाले खेल नहुने भएको जनाइएको छ। आर्चरीमा पुरुष कम्पाउन्ड टोली, मिक्स टोली कम्पाउन्ड, मिक्स टोली रिकर्भ, मिक्स टोली स्ट्यान्डर्ड, महिला कम्पाउन्ड टोली, महिला रिकर्भ टोली र महिला स्ट्यान्डर्ड टोलीका खेलहरु नहुने प्रतियोगिता प्राविधिक समितिले जनाएको छ।

Laxmi sunrise bank
kumari

आर्चरीमा कूल १५ पदक बाट मात्रै सातवटा स्वर्ण पदक घटेको छ। आर्चरीमा कूल १५ स्वर्ण पदकका लागि खेल हुने यसअघि जनाइएको आर्चरी सङ्घका सचिव योगेन्द्र शेरचनले बताए। आर्चरीका केही इभेन्ट रद्द भएको जानकारी प्राप्त भएको बताउँदै उनले यस बारेमा राखेपमा छलफल गरिने बताए।

यसैगरी प्याराग्लाइडिङ र स्विमिङको तीन÷तीन, जिम्न्याष्टिक, भारोत्तोलन र सुटिङको दुई-दुई, गल्फ, जुडो, सफ्ट टेनिस र स्क्वायसका एक÷एक इभेन्टहरुका खेल नहुने भएका छन्।

गल्फतर्फ महिला इन्डिभिजुयल, जिम्न्याष्टिक पुरुष पोमल हर्स (अल राउन्ड इभेन्ट), जिम्न्याष्टिक महिला भल्टिङ टेबल (अल राउन्ड इभेन्ट), जुडो मिक्स टिम इभेन्ट, प्याराग्लाइडिङ महिला एक्युरेसी र क्रसकन्ट्री टिम इभेन्ट तथा महिला क्रसकन्ट्री एकलका इभेन्टहरु नहुने जनाइएको छ।

त्यसैगरी सुटिङ मिक्स टिम १० मिटर इएर पिस्तोल, १० मिटर इएर राइफल मिक्स पुरुष टिम, सफ्ट टेनिसतर्फ महिला टिम, स्क्वायसतर्फ महिला सिङ्गल्स, पौडीतर्फ महिला बटरफ्लाई २०० मिटर, महिला ४०० मिटर मिड्ले, भारोत्तोलनतर्फ १०९ केजी तौल पुरुष र महिला ८७ केजी माथिका इभेन्टहरु नहुने जनाइएको छ।

राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउनेछन्। प्रतियोगिताका लागि गण्डकी प्रदेशले सबैभन्दा बढी खेलाडी दर्ता गरेको छ। गण्डकीले ३६ वटै खेलमा सहभागिता जनाउने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताए।

प्रकाशित: Oct 07, 2022| 16:00 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।