शुक्रबार, मंसिर १२, २०८२

राप्तीमा बज्यो खतराको साइरन

बाँकेस्थित राप्ती नदीमा जलस्तरले खतराको संकेत पार गरेको छ। यसअघि नै वर्षातको पूर्वानुमान गरिएको थियो।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

नेपालगञ्‍ज- बाँकेस्थित राप्ती नदीमा जलस्तरले खतराको संकेत पार गरेको छ। यसअघि नै बर्षातको पूर्वानुमान गरिएको थियो।

National life

अविरल रूपमा परेको वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा पानीको सतह निरन्तर बढिरहँदा राप्तीनदीको तल्लो तटिय क्षेत्रका केही गाउँहरु डुबानमा परेका छन्। सोही वर्षातको कारण राप्ती नदीमा बुधबार दिउँसोदेखि नै पानीको सतह खतराको चिन्ह भन्दा माथी पुगेका छ। 

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रले आज बिहान साढे ६ बजे पानीको सतह ६.३५ मिटर र बिहान १० बजे ६.२८ मिटर कायम रहेको गेज रिडर भद्रबहादुर थापाले बताए। नदीमा पानीको सतह ५.४० मिटर पुगेपछि तल्लो तटिय क्षेत्रमा डुबान हुने खतरा मानिन्छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले राप्तीमा निरन्तर पानीको सतह बढेपछि तल्लो तटिय क्षेत्रमा बाढीको खतराबाट जोगाउन निरन्तर रूपले साइरन बजाउन तथा बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको बताए। 

प्रकाशित: Oct 07, 2022| 13:03 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।