शुक्रबार, मंसिर १२, २०८२

असोजमै हिमपात भएपछि...

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ। विगतका वर्षमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएपछि स्थानीयवासी चिन्तित भएका छन्।

National life

विगत चार दिनदेखि भएको निरन्तर वर्षा अझै रोकिएको छैन। वर्षासँगै हिमपात भएपछि गुर्जाका लेकाली क्षेत्र सेताम्यै भएर अत्यधिक चिसो बढेपछि स्थानीयवासीलाई सास्ती भएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

धवलागिरि गाउँपालिकाका प्रवक्तासमेत रहेका छन्त्यालले आफू जान्ने भएदेखि असोजमा कहिल्यै पनि हिमपात भएको थाहा नपाएको बताए। हिमपातका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका र पशु चौपायालाई सास्ती भएको छन्त्यालले जानकारी दिए।

विगतमा हिमपात हुँदा खुसी हुने किसान यस वर्ष भने असोजमा नै हिमपात भएकाले चिन्तित छन्। हिमपातले खेतीबालीलाई राम्रो हुने भए पनि यस वर्ष खेतीबाली लगाउने समय अगाडि नै हिमपात भएकाले किसान चिन्तित भएका हुन्। समुद्री सतहबाट तीन हजार तीन सय २० मिटर उचाइमा अवस्थित गुर्जामा बाक्लो हिउँ परेको छन्त्यालले जानकारी दिए। यसैगरी मनाङको उच्च लेकाली क्षेत्रमा पनि हिमपात भएको छ।

प्रकाशित: Oct 07, 2022| 09:30 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।