शुक्रबार, असोज ३१, २०८२

उत्तराखण्डमा भएको बस दुर्घटनामा ३३ जनाको मृत्यु

भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ। उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

नयाँ दिल्ली- भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ। उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो।

Kumaribank

स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। प्रहरीले बस निकै अप्ठ्यारो स्थानमा दुर्घटनामा परेकाले मङ्गलबार रातिदेखि बुधबार रातिसम्म २४ सै घन्टा उद्धार गरेको थियो।

प्रहरीले मंगलबार नै घटनास्थलबाट २० ओटा शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको थियो।  उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको थियो। सो दुर्घटनामा घाइते भएकाको मृत्यु भएको हो।

सो दुर्घटनामा परेका २७ जना पुरुष र छ महिलाको शव प्रहरीले भेटेको जनाएको छ। अरु १८ जना अझै पनि घाइतेको उपचार जारी रहेको छ।  दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ। सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Oct 06, 2022| 18:45 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।