बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

दमौली- दुईदिनदेखि निरन्तर परेको वर्षाका कारण पृथ्वीराजमार्गका केही ठाउँमा पहिरा गएपनि अधिकांश खण्ड भने सञ्चालनमै छन्। पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। 

National life

'उक्त ठाउँमा पहिरो हटाएर राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ, अन्य ठाउँमा अवरोध छैन,' उनले भने। वर्षाका कारण पहिरा जाँदा आज नै धादिङको सुरुङमार्ग नजिक बाटो अवरुद्ध भएको थियो। त्यस ठाउँको पहिरो पन्छाएर राजमार्ग सुचारु गराइसकिएको प्रहरीले जनाएको छ। 

यस्तै चितवनतर्फबाट धादिङ जाने बाटोमा कुनै अवरोध नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड पनि दुईतर्फी सञ्चालनमा आएको छ। मुग्लिन–नारायणगढ सडकखण्डको सत्र किलोमा खसेको पहिरो हटाएर राजमार्ग यथावत सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिए। 'चितवनतर्फ र धादिङतर्फ जाने बाटो दुईतर्फी सञ्चालनमा छ,' उनले भने। 

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा भने केही अवरोध नरहेको तनहुँ प्रहरीले जनाएको छ। वर्षा भइरहेकाले पहिरा खस्ने सम्भावना भएकाले पहिरा पन्छाउन तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आरके सुनारले जानकारी दिए। उनका अनुसार डुम्रे–वेँसीसहर सडकखण्डमा पनि अवरोध छैन। “पानी निरन्तर परिरहेकाले पहिरा जान सक्ने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी गरेका छौँ,' उनले भने। 

ग्रामीण सडकहरु अवरुद्ध

दुई दिनदेखि परेको अविरल वर्षाका कारण पहिरा जाँदा तनहुँका केही ग्रामीण सडकहरु अवरुद्ध भएका छ्न्। निरन्तरको वर्षाका कारण पहिरा जाँदा दसैँमा सर्वसाधारणलाई समस्या भएको छ। पहिराका कारण तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी हुँदै जाने ग्रामीण सडक बगाएको स्थानीयवासी शिवकुमार आलेले जानकारी दिए। 

भिमाद नगरपालिका–१, २ र ३ लाई जोड्ने छोटो बाटो पहिराका कारण अवरुद्ध भएको छ। 'बाटो अवरुद्ध हुँदा दसैँमा टीका लगाउन जानेहरुलाई समस्या भएको छ,' उनले भने। 

पहिराका कारण ऋषिङका ग्रामीण सडक अवरुद्ध भएका छन्। ऋषिङ गाउँपालिका–७ साङखोल्सीमा पहिरा जाँदा सडक अवरुद्ध भएको स्थानीय दानबहादुर श्रेष्ठले जानकारी दिए। 'पहिरा पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ,' उनले भने। 

घिरिङ गाउँपालिका–३ खिलाका दुई ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको छ। गाउँपालिका कार्यालय र मानपुरको बीचमा गएको पहिरो हटाउन गाउँपालिकाले मेसिन लगाउन सुरु गरेको गाउँपालिकाका प्रेस संयोजक अन्जान परियारले जानकारी दिए। 'पहिरो पन्छाएर बाटो पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,' उहाँले भन्नुभयो।

निरन्तर वर्षा भइरहेकाले बाढीपहिराको जोखिम हुने हुँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ। बाढीपहिरा गई जनधनको क्षति हुनसक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए। 

प्रकाशित: Oct 06, 2022| 17:15 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।