आइतबार, मंसिर ७, २०८२

विश्वकपमा सुरक्षा सहयोग गर्न टर्कीले कतारमा सेना पठाउने

कतारमा हुने विश्वकप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ। टर्कीको संसद्ले सोसम्बन्धी प्रस्ताव बुधबार पारित गरेको हो।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

अंकारा- कतारमा हुने विश्वकप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ। टर्कीको संसद्ले सोसम्बन्धी प्रस्ताव बुधबार पारित गरेको हो।

National life

कतारमा हुन गइरहेको विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउन लागेको हो। कतारले टर्कीसँग सेनाको सहयोगका लागि अनुरोध गरेको थियो।

सो सहयोगसम्बन्धी प्रस्ताव टर्कीको संसद्मा गएको शनिबार प्रस्तुत गरिएको थियो।

उक्त प्रस्तावानुसार टर्कीले कतारमा ६ महिनासम्मका लागि सेना पठाउने भएको छ। टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्नेबारेमा भने केही बताइएको छैन।

प्रकाशित: Oct 06, 2022| 21:10 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।