मंगलबार, पुस १, २०८२

कैलालीमा भारी वर्षा, धनगढी बजार जलमग्‍न

बुधबारदेखिको अविरल वर्षाका कारण कैलालीका विभिन्‍न स्थानमा डुबान भएको छ। वर्षाका कारण प्रदेशको अस्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्‍न बनेको छ भने दसैंको टिका थाप्‍न हिँडेका नागरिकलाई आउजाउ गर्न समस्या भएको छ।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

धनगढी- बुधबारदेखिको अविरल वर्षाका कारण कैलालीका विभिन्‍न स्थानमा डुबान भएको छ। वर्षाका कारण प्रदेशको अस्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्‍न बनेको छ भने दसैंको टिका थाप्‍न हिँडेका नागरिकलाई आउजाउ गर्न समस्या भएको छ। 

National life

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हालसम्म कुनै क्षतिको विवरण भने आएको छैन। ‘अहिले सम्म वर्षाका कारण कुनै क्षति घटना भएको रिपोर्ट भएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भने, ‘अहिले सबै क्षेत्रको विवरण बुझ्‍न टोली परिचालन गरिएको छ।’

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि मनसुनी वायु सुदूरपश्चिम प्रवेश गरेको छ। जसका कारण बिहीबारदेखि शनिबारसम्म नै अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना छ।

‘बिहीबार रातिदेखि सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ,’ मौसमविद सञ्जिव अधिकारीले भने, ‘शुक्रबार प्रदेशका धेरै स्थानमा वर्षा हुने र शनिबार अधिकांश स्थानमा वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।’ सुदूरपश्चिममा आगामी सोमबारसम्म नै मौसम प्रतिकूल रहने अनुमान गरिएको उनले बताए।


Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 06, 2022| 14:58 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।