शुक्रबार, मंसिर १२, २०८२

बर्दियाको गुलरीयामा बाढी पस्‍यो, ५० भन्दा बढी घरहरु डुबान

बर्दीयाको सदरमुका गुलरीया-५ मा बबई नदीको बाढी पस्दा ५० भन्दा बढी घरहरु डुबानमा परेका छन्। मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीको बाढी गुलरिया-५ वालापुरमा पसेको हो।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

काठमाडौं- बर्दीयाको सदरमुका गुलरीया-५ मा बबई नदीको बाढी पस्दा ५० भन्दा बढी घरहरु डुबानमा परेका छन्। मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीको बाढी गुलरिया-५ वालापुरमा पसेको हो। 

National life

बबईमा जलस्तर बढ्दै गएपछि स्थानीयहरुले सुरक्षित स्थानमा रहेको विद्यालयमा आश्रय लिएका छन्। 

डुबान बढ्दै गएपछि त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर उद्दार कार्य भैरहेको छ। बबईको जलस्तर हाल ७ दशमलव ५ मिटरमाथि रहेको छ। बबईमा जलस्तर ६ मिटरमाथि पुगेपछि बाढीको सतर्कता नाघेको मानिन्छ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बाढीसँगै कटानले गुलरियाको प्रयागपुर, वालापुर र हरियाली टोलमा कटान भइरहेको बताए। कटान क्षेत्रबाट सुहेलवा, वालापुरबाट बाढी पसेको छ,’ उनले भने, ‘जलस्तर बढिरहेकोले बाढीको खतरा टरेको छैन। बाढीको पानी पसेर धानखेत डुबानमा पर्दै गइरहेका छन्। तटीय क्षेत्रका बासिन्दा त्रासले घरका सामान सारिरहेका छन्।’

पानी लगातार परिरहेकोले साँझसम्म बाढीले थप क्षति पर्‍याउने जोखिम बढेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका एसपी जहरसिंह बुढामगरले बताए। धनजनको क्षति नहोस् भन्दै थप सुरक्षा बल त्यहाँ परिचालन गरिएको उनले जनाए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 06, 2022| 14:46 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।