विराटनगर- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मोरङमा बिहीबार एकै पटक निर्वाचन कार्यालयको उद्घाटन गरिँदैछ।
प्रतिनिधि सभाका ६ वटा क्षेत्र रहेको मोरङमा सम्बन्धित क्षेत्रमै कार्यालय उद्घाटन हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ को उर्लाबारी नगरपालिका कार्यालय , २ को रतुवामाई नगरपालिका कार्यालय, ३ को साविक बेलबारी नगरपालिकाको कार्यालय, ४ को विराटनगरको हृदयेश बाल उद्दान, ५ को सुनसरी मोरङ सिचाईं आयोजना कार्यालय र ६ को जिसस भवनमा कार्यालय रहने छन्।
क्षेत्र नं ४, ५ र ६ का निर्वाचन कार्यालयहरू विराटनगर भित्र रहेका छन्।
क्षेत्र नं ६ को निर्वाचन कार्यालय मुख्य निर्वाचन अधिकृतका कार्यालय रहने निर्वाचन कार्यालय प्रमुख अधिकारीले बताए। ६ वटै कार्यालय दिउसो ३ वजे उद्घाटन गरिने अधिकारीले बताए। यसपटक सम्बन्धित कार्यालयमै प्रदेश र प्रतिनिधिसभाको मतगणनाको पनि तयारी गरिएको छ।