सोमबार, वैशाख १४, २०८३

एएफसी यू-१७ : थाइल्याण्डसँग नेपाल पराजित

एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ।
 |  बुधबार, असोज १९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १९, २०७९

काठमाडौं- एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ।

National life

भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो। थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई गोल गरे।

यस्तै थानाक्रित जाम्पालीले एक गोल गरे। खेलको ३० औं मिनेटमा तोन्तावानले गोल गर्दै थाइल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए।

६५ औं मिनेटमा तोन्तावानले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

त्यसपछि खेलको ७८ औं मिनेटमा सब्सिच्युड खेलाडी जाम्पालीले गोल गर्दै थाइल्याण्डलाई ३-० गोलको जित दिलाए। जितसँगै छनोटमा समूह एफमा रहेको थाइल्याण्डले ३ अंक जोडेको।  यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन्।

kumari

छनोट अन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ। यस्तै नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन्। यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ।

प्रकाशित: Oct 05, 2022| 18:32 बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।