शुक्रबार, भदौ ५, २०८३

एमाले विधान महाधिवेशनमा प्रतिवेदन पेश गर्न चारवटा समिति गठन

नेकपा एमालेले विधान महाधिवेशन प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– नेकपा एमालेले विधान महाधिवेशन प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ। सोमबार केन्द्रीय कमिटीको बैठकमा महासचिव ईश्वर पोखरेलले आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न चार वटा मस्यौदा समितिको नाम पेश गरेका हुन्।

उक्त समितिले तयार पारेको मस्यौदालाई स्थायी र केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान महाधिवेशनमा पेश गरिनेछ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरिएको छ। उक्त समितिमा वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे सदस्य छन्।

महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रतिवेदन मस्यौदा समिति गठन गरिएको छ। उक्त समितिमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल सदस्य छन्।

यस्तै विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरिएको छ। समितिमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह सदस्य छन्।

रामबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ। समितिमा मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा सदस्य छन्।

प्रकाशित: Aug 09, 2021| 17:29 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...