बुधबार, मंसिर १७, २०८२

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन्।
 |  बुधबार, असोज १९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १९, २०७९

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरूले अनुरोध गरेका छन्।

National life

चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन्।

मंगलबारको बैठकपछि जारी विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन छाडेर अन्यत्र जाने भन्ने समाचार आएको खबरले ध्यानाकर्षण भएको भन्दै दाहाललाई पहिले निर्वाचित भएकै चितवन क्षेत्र नम्बर ३ बाटै निर्वाचनमा उठ्न आग्रह गरिएको छ।

नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले यही असोज २३ गते हुने मनोनयनका लागि प्रत्येक दलबाट दुई-दुई जनाका दरले तयारी समितिसमेत गठन गरेको विज्ञप्तिमा जनाइएको छ। साथै सो विज्ञप्तिमा गठबन्धन दलका नेता कार्यकर्तालाई गठबन्धनका उम्मेदवार विजयी गराउन अग्रसर हुनसमेत अनुरोध गरिएको छ।

बैठकमा नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय  जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादी पार्टीका प्रेमराज भुजेलको उपस्थिति रहेको थियो।

Laxmi sunrise bank
kumari


प्रकाशित: Oct 05, 2022| 10:40 बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...